०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

लकडाउनबाट प्रभावित ६४ घरपरिवारलाई जनमतको राहत

Logo
प्रकाशित शनिबार, जेठ १०, २०७७

न्यूजमधेश सम्बादाता
सिरहा,१० जेठ।लकडाउनबाट प्रभावित भएका ६४ घरपरिवारलाई जनमत पार्टीले राहत वितरण गरेको छ।

खाडी मुलुकमा रहेका जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुको आर्थिक सहयोगमा सिरहाको सुखिपुर नगरपालिका वडा नं.५ लडकनहामा पार्टीका वडासंयोजक राम आशिष ठाकुरको अध्यक्षता अति विपन्न र मुस्लिम समुदायका ६४ घरपरिवारलाई राहत वितरण गरेको छ।

राहतमा १५ किलो चावल,१ किलो नुन,तेल,सुवाबिन,आलु,नुहाउने र कपडा धुने साबुन लगाइतका सामग्रीहरु वितरण गरेको जनमत पार्टी सुखिपुर नगरपालिकाका संयोजक सन्तोष कुमार यादवले बताए ।

संयोजक यादवले भने लकडाउनको २ महिना वित्न विती सक्दा अहिले विपन्न परिवारले राहत पाएको छैन।

उनले भने स्थानीय सरकार राहत वितरण गरेपनि जसलाई राहतको आवश्यकता रहेको घरपरिवारलाई राहत नदिई यस्ता विपत्रको समयमा सबै जना मिलेर कोरोना भाइरस विरुद्धको लडाइमा एक जुड भएर सहयोग गर्नु पर्ने आवस्यकता थियो।तर सुखिपुर नगरपालिकाका मेयर र वडाध्यक्षले आफ्नो पार्टीका कार्यकर्तालाई मात्र राहत वितरण गरेको संयोजक यादवले आरोप लगाएको थियो ।

उनका अनुसार जनमत पार्टी सिरहाको औरही गाउपालिकाका संयोजक पंकज कुमार सिंह, राकेश मण्डल ,उपेन्द्र कामती ,विजय मुखिया,राम उदगार साह,ओम प्रकाश ठाकुर,रमेश सिंह र शिवकुमार यादवलगाईतको स्थानीयहरु उपस्थितिमा राहत वितरण भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]