मनोज मोरबैता
जनकपुरधाम,११ जेठ।मुस्लिम समुदायको महा चाड पर्व ईदका अवसरमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले शुभकामना व्यक्त गरेका छन् ।
डा राउतले ईद – उल – फितरको शुभकामना दिदै उनले सम्पुर्ण मुस्लिम समुदायको ईच्छा पूरा होस् ।उनिहरुको जिवनमा खुशी आउस र धार्मिकता र सत्यको बाटोमा हिडिरहनु भने व्यक्त गरेका छन् ।
त्यसैगरी गैर अवासिय मधेसी संघका अन्तर्राष्ट्रिय समितीका अध्यक्ष बसन्त कुशवाहाले मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इदका अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम धर्मावलम्बीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।