१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

धनुषाको तीन ठाउँबाट भारतबाट ल्याइँदै गरिएको गुटखा बरामद

Logo
प्रकाशित आइतबार, जेठ ११, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,११ जेठ । धनुषा प्रहरीले जिल्लाको बिभिन्न ठाउँबाट भारतबाट ल्याइएका गुटखासहितका बिभिन्न सामग्री नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको छ ।

धनौजी गाउँपालिका ४ मुसहरी टोलबाट प्रहरीले भारतबाट नेपाल तर्फ आउदै गरेको ज ७ प ४०६१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा ४० हजारमूल्य बराबरको राजनिवास १ सय पोका, १० हजार मूल्य बराबरको पान परागको पत्ती १ सय पोका, ३ हजार मूल्य बराबरको २५ बोतल खाने तेल बरामद भएको प्रहरीले जनाएको छ ।

भन्सार छलेर ल्याउँदै गरिएको सामान बरामद भएपछि सामान, मोटरसाइकल र मोटरसाइकलमा सबार धनौजी गाउँपालिकाका १८ बर्षीय राकेश यादवलाई समेत आवश्यक कार्वाहीका लागि जनकपुर भन्सार कार्यालयमा पठाईएको धनुषा प्रहरीले जनाएको छ ।

यस्तै, जनकपुरधाम ७ कटैयाचौरीबाट पनि प्रहरीले राजनिवास गुटखा बरामद गरेको छ । जनकपुरतर्फ आउँदै गरेको ज ६ प ६०९७ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा २५ पोका उक्त गुटखा फेला परेको प्रहरीले जनाएको छ ।

२५ हजार मूल्य बराबरको उक्त गुटखा, मोटरसाइकल र मोटरसाइकलमा सबार महोत्तरीको जलेश्वर नगरपालिका ११ बस्ने ३४ बर्षीय जितेन्द्र कुमार साह समेतलाई नियन्त्रणमा लिई जनकपुर भन्सार कार्यालयमा पठाईएको प्रहरीको भनाई छ ।

जनकपुरधाम ४ बाट भने वेवारिसे अवस्थामा ८५ पोका राजनिवास १ कार्टुन लहठी र १ बोरा मेसिनरी पार्ट फेला पारी आवश्यक कार्वाहीका लागि भन्सार कार्यालयमा पठाईएको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]