१४ पुष २०८१, सोमबार
30-12-2024 , Mon
×

दलितमाथि दानविय ब्यवहार कहिलेसम्म? – रामसुफल आजाद

Logo
प्रकाशित मंगलबार, जेठ १३, २०७७

सिरहा, १३ जेठ । देश संघीयतामा गईसकेको अवस्था हो । मुलुकमा गणतन्त्र स्थापित भईसकेको छ । शासन सत्ता र राजनैतिक प्रणाली फेरिसक्यो तर फेरीएन दलितमाथिको बिभेदकारी सोच । दलित हजारौं वर्ष देखि हिन्दु धर्मको कुरितीका शिकार बन्यो र  आज पनि अवस्था उस्तै छ । त्यही शुद्रबाट रचीत वाल्मीकि रामायण र व्यासबाट रचित बेद हिन्दु धर्मको पवित्र ग्रन्थ मानिन्छ तर त्यही शुद्रलाई ज्ञान आर्जन र संस्कृत पढ्न बन्चित गरियो । जुन समुदाय संग सीप र कला थियो त्यसैलाई अछुत भनेर कठोर जातिय ब्यवस्था लादियो।

इतिहासको विभिन्न कालखण्डमा दलितलाई कहिले कठोर समाजिक दण्ड दिईयो त कहिले पशु जस्तो ब्यवहार गरियो । कहिले जातिय प्रताड्ना दिईयो त कहिले तिनीहरुको  चेलीबेटीलाई बलात्कार गरि मारियो। दलितले कहिल्यै यो समाजमा न्याय पाउन सकेन । दलितले न श्रमको मूल्य पायो ,न  उसले यो समाजमा आत्म सम्मान र स्वाभिमानी भएर बाच्न पायो। जन्मले कोइ ब्राहमण हुदैन तथा जन्मिदा सबै शुद्र हुन्छन  भने कुरा सम्पुर्ण हिन्दु धर्म ग्रन्थमा उल्लेख हुँदा हुँदै पनि यी कुराहरुलाइ सधै किन नजर अन्दाज गरियो ?

वैदिक कालमा छुवाछूत जस्ता कुराहरु प्रचलन नभएको कुराको यथेष्ट प्रमाण हाम्रा वेद पुराणमा देख्न सकिन्छ । कुनै ब्यक्ति आफ्नो योग्यता, क्षमता र पराक्रमले कुनै पनि श्रेणीमा आफुलाइ राख्न सक्थ्यो। तर ब्राहमण राजा मनुले जातिय ब्यवस्थालाई मनुस्मृति मार्फत जातिय ब्यवस्थालाई कठोर र परिवर्तन हुन नसक्ने गरि जातीय ब्यवस्थालाई दुषित र निकृस्ट बनाउन सफल भयो। सम्पुर्ण हिन्दु समाजलाई विभिन्न जातिय शृङ्खलामा बाड्ने काम गरियो।

ब्राहमणलाइ जातिय शृङ्खलामा माथी राख्दै त्यो भन्दा विभिन्न श्रेणीमा बिभाजन गर्दै गयो । जसमा प्रत्येक जातिलाइ एक भन्दा एक सानो हुँदै दलितलाइ जातीय ब्यवस्थाको पुछारमा राखियो। दलित भित्र पनि जातिय बिभाजन गरियो ताकी एक दलितले आफू अरु दलित भन्दा माथी छु भन्ने भावनाको बिकास भयो। जातिय ब्यवस्थाको बिरुध किन अवाज उठेन त यो प्रश्न धेरैको मनमा उठ्न सक्छ । तर जातिय ब्यवस्था टिकाउनमा सब भन्दा महत्त्वपूर्ण भुमिका रह्यो मनुस्मृतीद्वारा जारी गरिएको जातिय शृङ्खला को । उदाहरणको रूपमा  क्षेत्रीलाई लाग्यो कि म ब्राह्मण भन्दा तल भएनी अरु जात भन्दा ठूलो हु।यादवले जातिय ब्यवस्थाको किन बिरुध गरेन किनभने यादवलाई लाग्यो कि म त ब्राहमण राजपुत भन्दा तल भएपनी अन्य धेरै जात भन्दा माथी छु । त्यस्तै कोइरी, सुडि, कानु, कलवार आदिलाई  लाग्यो कि म केही जात भन्दा तल भएपनी अन्य दलितहरुको भन्दा मेरो स्थान उच्च छ।

यहाँ सम्म कि दलितको दिमागमा पनि त्यही जहर घोल्ने काम भयो कि तिमिहरु पनि एक अर्को भन्दा सानो ठूलो छौ। यो बिभाजनको पछाडी के तर्क थियो भने यस्ता जातीय बिभाजनले कहिले यो जातिय शृङ्खलाको बिरोध हुन पाउदैन जस्को कारण यो क्रुर जातिय ब्यवस्थालाई जन्मजन्मानतर सम्म टिकाउन सकोस।

मेरो प्रश्न यहाँ छ कि के यो जातीय ब्यवस्था बैज्ञानिक छ त? जन्मको आधारमा कोइ ब्राहमन र कोइ दलित हुन्छ त ? के दलित र अन्य जातिको जन्ममा कुन जैविक फरक छ? के दलितको रगत अपवित्र र अशुद्ध हुनुको कुनै बैज्ञानिक प्रमाण दिन सकिन्छ ? के दलितमा प्रतिभाको कमिको कारण उनीहरू संग यस्तो क्रुर र अमानवीय ब्यावहार गरिदैछ ? यो प्रश्नहरुको उतर खोतल्दै जाँदा कुनै बैज्ञानिक अधार र प्रमाण भेटिदैन । दलित संग सीप ,कला ,योग्यता , क्षमता र प्रतिभाको कमि छैन ।तर पनि दलितलाई किन यस्तो अमानवीय ब्यवहार र विभेद गरिदैछ? यसको पछाडी धर्मको नाममा ब्यापार र जातिय अहंकार कायम राख्नलाई मात्र यति चलखेल भैरहेको छ।

अहिले पनि टिभी सिरियलहरु मा आधा भन्दा बढी च्यानलहरु मा धार्मिक अन्धबिश्वासलाई मजबुत बनाउन  विभिन्न धार्मिक यज्ञ, अनुष्ठान, व्रत कथा र भगवानको लिला देखाएर आजको पुस्ताको सृजनात्क सोच्न शक्तीलाई खतम पार्दै झन जात जाती बिच शुद्ध, अशुद्ध, उच्च र निच जस्ता भावनालाई बलियो बनाउदै गएको छ। किनभने पवित्र र अपवित्र को सब भन्दा बढी धर्म कर्मको नाममा नै हुन्छ। यहाँ बात जातिय अहंकार अझै मजबुत हुन्छ। त्यही भावनाले ग्रसित भएर दलित लाई धार्मिक स्थलबाट टाढा राख्ने र आफ्नो घर भित्र प्रबेश नदिने जस्ता घृणित कार्यहरु हुदैछ।

फेरि त्यही दलित ले बनाएको समान हरु मा पानी छर्किदै त्यो समान पवित्र हुने गर्दछ। यो कस्तो नाटक हो?।दलित घर भित्र पस्दा , मन्दिर प्रवेश गर्दा अशुभ हुन्छ र त्यसलाई गङ्गाजलले शुद्ध  बनाइन्छ। यदि गङ्गाजल पवित्र हुने भए जो दलित हजारौं वर्ष देखि गङ्गा स्नान गर्दै आइरहेका छन त्यो किन पवित्र भएन त? त्यसैले यी यस्ता मुढ्ताले भरेको कुराहरुलाई त्याग्नु जरुरी देखिन्छ।

दलित अन्य मानव जस्तै एक सचेत र सभ्य मानव समुदाय हो। त्यो समुदाय सामाजिक र आर्थिक कारणले पछाडी पारिएका कुरा सत्य हो तर दलितको सोच पक्कै सानो छैन । कुनै जात सानो हुदैन र कुनै जात ठूलो हुदैन । ठूलो र सानो केवल ब्यक्तीको कर्मले बनाउछ । यदि जाती सानो भएको भए वाल्मीकि , बेद ब्यास , सबरी, एकलब्य , सल्हेश , दिनाभद्री र आधुनिक भारतका संविधान निर्माता डा. भिम राव अम्बेडकरको जन्म ब्राहमण कुलमै हुने थियो। यस बात के प्रष्ट हुन्छ भने भगवानले कसैसंग भेदभाव गर्दैन र भगवानको नजरमा कोइ सानो ठूलो हुदैन। ठूलो सानो को अधार त केवल कर्म हो जात होइन। यदि यो समाजलाई स्वथ्य , बिकार रहित , सभ्य र समतामूलक बनाउनु छ भने जातियताको संकीर्ण बिचारबाट माथी उठ्न जरुरी छ। अनि मात्र यो धर्म , यो समाजमा ब्यक्ती ब्यक्तीको द्वेष र घृणा कम हुन सक्छ र एक हत्या, हिंसा र बिभेदरहित समाजको निर्माण हुन्छ।

पाठकलाई लाग्न सक्छ कि म किन यति कुरा तपाईंहरु को समक्ष राखे होला? किनभने अहिले पनि दलितको पीडा उस्तै छ।दलितलाई अपमानको सहन गर्नै परेको छ।दलित महिला बलात्कारको सिकार बनाइन्छ ।दलितले न समाज न राज्यबाट न्याय पाउन सकेको छ। अन्तरजातिय बिवाह गर्दा कहिले दलितको घर जलाइन्छ त कहिले दलित युवा युवतीको हत्या गरिन्छ। भर्खर को घटना हो सिरहा जिलाको जहाँ दलित महिलालाई जवर्दस्ती यौन सम्बन्धको लागि गैर दलित युवाले दवाब दियो र महिला नमान्दा सार्वजनिक स्थलमै कुटपिट गरियो। अर्को घट्ना हो सुदुर पश्चिम्को जहाँ दलित युवक नवराज बिक ले मल्लकि छोरी सङ प्रेम बिवाह गर्दा युवकको हत्या गरियो। त्यसैले यस्ता घटनाहरुले पक्कै पनि हाम्रो समाजलाई जोड्ने काम गर्दैन बरु समाजिक सम्बन्ध र सदभावलाई बिगार्ने काम गर्छ । त्यसैले आजको समाजमा दलितलाई पनि अन्य जाती सरह आत्म-स्वाभिमान पुर्वक बाच्ने अधिकार सुनिश्चित गरौ र हामी सभ्य मानवको परिचय देउ जहाँ सबै जात जातिले आफ्नो मान सम्मान र प्रतिष्ठा पुर्बक जीवन बाच्न सकोस। अन्तमा म सुदुर पश्चिमका दलित युवा नवराज बिक जो चरम विवादको सिकार भई आफ्नो ज्यान गुमाए उसलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ, ४ भदौ । बाँचिरहेको जिन्दगीका बेलामा कहीँकतै प्रदीप गिरीले भन्नुभएको थियो, “मृत्यु नै जीवनको अन्तिम पाना हो ।” यो जीवन र जगत्लाई जसरी प्रदीप गिरीले बुझ्नुभयो जिन्दगीलाई शास्त्रीय ऐनाबाट हेर्ने, जिउने र बुझ्नेहरू सायदै हुन्छन् यो संसारमा । उहाँले बाँचेको निजी जीवन, राजनीतिक र सामाजिक जीवनको त्यो अद्भूत संयोग सायदै कसैको जीवनमा हुन्छ । […]

काठमाडौँ, ३ भदौ  । आजभन्दा १७ वर्ष पहिले अर्थात् २०६४ मा आजैका दिनदेखि सूचनाको हक कार्यान्वयनमा आएको हो । सोही वर्षको साउन ५ गते संसद्बाट पारित भएको यो ऐन ३० दिनभित्र जारी हुने प्रावधानअनुसार भदौ ३ गतेदेखि कार्यान्वयनमा आएको हो । सूचनाको हक कार्यान्वयनमा आउनेबित्तिकै सुशासनका साथै पारदर्शी र सहभागितामूलक लोकतन्त्र प्रवर्द्धनका सन्दर्भमा नयाँ बहस […]

जनकपुरधाम ।विद्यार्थी जनमत संघ राजर्षि जनक विश्वविद्यालय ( विश्वविद्यालय क्याम्पस) प्रथम एतिहासिक ईकाइ कमिटी गठन भव्य रुपमा सम्पन्न भएको छ। विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष बिरेन्द्र यादव अध्यक्षतामा बसेको बैठक र जनमत पार्टीका केन्द्रिय सदस्य धनुषा इन्चार्ज सुरेन्द्र कुमार मण्डलको प्रमुख आतिथ्यमा सम्पन्न बैठकबाट विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष बीरेन्द्र यादवको अध्यक्षतामा शनिबार क्याम्पसमा आयोजित […]