०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

धनुषामा जग्गा सम्बन्धी विवाद हुँदा ५ घाइते,एकको अवस्था चिन्ताजनक

Logo
प्रकाशित मंगलबार, जेठ १३, २०७७

मनोज मोरबैता
जनकपुरधाम,१३ जेष्ठ। धनुषाको सबैला नगरपालिका १३ मा जग्गा सम्बन्धी विवादमा भएको कुटपिटबाट ३ महिलासहित ५ जना घाइते भएका छन् । यसमध्ये एक जनाको अवस्था गम्भीर छ ।

स्थानीय व्यक्तिले गरेको कुटपिटबाट नागेश्वर यादव, बिमल यादव, आरती देवी, हिरादेवी, सुभनीदेवी घाइते भएका छन् । घाइतेमध्ये नागेश्वर र बिमलको टाउको फुटेको छ । यसमध्ये नागेश्वरको जनकपुरधामको प्रादेशिक अस्पतालबाट थप उपचारका लागि विराटनगर लगिएको उनको पारिवारिक श्रोतले जनाएको छ ।

नागेश्वर यादव सिरहा निवासी सुरेन्द्र कुसियैतको जग्गामा बटिया खेती गर्दै आएका थिए । तर, आईतबार रामनारायण उक्त खेतमा गएर जोत्न लाग्दा उनले रोकेका थिए । जग्गाधनीले आफूलाई बटिया खेत ीगर्न जग्गा दिएको भन्दै उनले जोत्न रोकेको बताए ।

खेत जोत्न रोक्दै घर आएपछि आइतबार साझ उनीहरुले कुटपिट गरेको मिथिलेश यादवले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]