०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

राहत नदिएको भन्दै नगरपालिका घेराउ

Logo
प्रकाशित बुधबार, जेठ १४, २०७७

न्यूजमधेश सम्बादाता
सप्तरी,१४ जेठ। जारी लकडाउनले जनता भोक भोकै मर्न लाग्दा समेत कञ्चनरुप नगरपालिकाले दोस्रो चरणको राहत वितरण गर्न चासो नदिएपछि मंगलबार गरिवहरुले नगरपालिका घेराऊ गरेका छन् ।

कञ्चनरुप नगरपालिकाले लकडाउन सुरु भएको तेस्रो साता एक पटक मात्रै राहत वितरण गरेको थियो । राहत वितरण गर्दा पनि अधिकाश वडाले १०÷१५ केजी चामल वितरण गरेको थियो ।

कञ्चनरुप नगरपालिका–५ रामपुर पथरीका ५१ बर्षिया मलर सदा खानै नपाएर ज्यान गुमाएका छन् । तर नगरपालिकाले मलर सदा रक्सी खाने गरेको र दम्म रोगबाट पिडीत रहेको भन्दै नगरपालिकामा कोही पनि व्यक्ति भोकै बसेको जानकारी दिन नआएको विज्ञप्ति तीन दिन अघि जारी गरेको थियो ।

नगरपालिका भित्रका दलित एवं गरिक बस्तीमा चुल्लहो बन्द छ । छरछिमेकबाट पनि सहयोग पाउन बन्द भएको अवस्था नगरपालिकाले दोस्रो चरणको राहत वितरण गर्ने कुनै तयारी नगरेको थाह पाएपछि वडा नम्बर ८का गरिव,मजदुर र दलित समुदायका महिलाहरुले नगरपालिका घेराऊ गर्दै नाराबाजी गरेका छन् ।

वडा नम्बरको राहत वितरण समितिका सदस्य एंव नेकपाका प्रतिनिधि शोभा पासवानले गाउँमा गरिवहरुको चुल्लहो बन्द भएपनि नगरपालिकाले कोही पनि नागरिक भोकै नभएको झुठो कुरा गरेको भन्दै नगर प्रमुख वसन्तकुमार मिश्र समक्ष आक्रोश पोखेका थिए ।

कञ्चनरुप नगरपालिका प्रमुख वसन्तकुमार मिश्रले आज नगरपालिकाको कार्यपालिका बैठकले दोस्रो चरणको राहतबारे निर्णय गरिने जानकारी गराएका थिए । कार्यलय घेराऊ गर्न गएकाहरुलाई सामुहिक रुपमा सम्बोधन गर्दै भने,‘ कार्यपालिकाको आजैको बैठकबाट राहत वितरणबारे निर्णय गर्छु,तपाईहरुलाई आजै थाह भइहाल्छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]