०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

मेरो साथी एफ.एम पहिलो बर्ष पार गरि द्रोस्रो वषमा प्रवेश

Logo
प्रकाशित बिहिबार, जेठ १५, २०७७

शारदा केसी
कपिलवस्तु ,१५ जेठ । जिल्लामा सञ्चालित समावेशी समाजको दर्पण साथ सधैको आवाज सबैको मेरो साथी एफएम ९२.२ मेगाहर्जले पहिलो वर्ष पूरा गरि दोस्रो वर्षमा प्रवेश गर्न सफल भएको छ ।

व्यवसाहिक रुपमा संचालित मेरो साथी एफ.एम आज जेठ १५ गते देखि पहिलो बर्ष पार गरेर द्रोस्रो बर्षमा प्रवेश गरेको हो । २०७६ साल जेठ १५ गते आजको दिन कपिलवस्तुको बुद्धभुमि नगरपालिका २ गोरुसिङ्गेमा संचालनमा आएको एफ.एमले आज पहिलो बर्र्ष पुरा गरेको हो ।

मेरो साथी एफ.एमका प्रबन्ध निर्देशक चिन्ता परियारले मेरो साथीेले एक बर्षमा धेरै लोकप्रियता कमाएको र लोकप्रियता कायम राख्न चुनौती रहेको र चुतौती पार गर्न शुभकामना दिनु भएको छ । जनताको आवाज बन्नुपर्नेमा जोड दिंदै जनतामा वास्तविक सूचना प्रसारण गर्न सकोस भन्दै नयां तथा पुराना कर्मचारी सवै प्रति सम्मान व्यतm गर्दैै शुभकामना दिनु छ ।

बार्षिक उत्षवको अवसरमा स्टेजन म्यानेजर शारदा के.सी.ले मेरो साथी एफ.एम जनताको आवाज बन्नुपर्नेमा जोड दिंदै जनतामा वास्तविक सूचना प्रसारण गर्न सफल भएको बताउनु भयो । सथै धेरै प्रगति गरेको र जनताको मनमुटुमा बस्न सफल भएकोमा सबै कर्मचारिहरुलाई धन्यवाद दिदै आगामि दिनमा सबैको साथ सहयोगको आशा गदै शुभकामना दिनु भएको छ ।

पहिलो यात्रालाई सफल वनाउन अहिले सम्म विज्ञापन दाता, श्रोता र सुभचिन्तकको ठुलो विश्वास र साथ रहेको बताउनु भयो । आगामी दिनमा एफ.एम प्रसारणलाई जनअपक्षीत र प्रभावकारी ढगंले संचालन गर्ने विश्वास रहेको छ । मेरो साथी एफ एम २०७६ जेठ १५ गतेबाट दैनिक बिहान ५ बजे देखि बेलुका १० बजेसम्म प्रशारण हुँदै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]