०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

सरकारी अर्कमण्यताका कारण जटही नाकामा बिरेन्द्रको मृत्यु : डा.राउत

Logo
प्रकाशित बिहिबार, जेठ १५, २०७७

मनोज मोरबैता
जनकपुरधाम ,१५ जेठ। जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सरकारी अर्कमण्यताका कारण धनुषाको जटही नाकामा एक युवकलाई ज्यान गुमाउनुपरेको बताएका छन् । उनले आफ्नो नागरिकप्रति प्रदेश र स्थानीय तह चिन्तित नदेखिएको आरोप लगाएका छन् ।

प्रदेश र स्थानीय सरकारको लापर्वाहीका कारण उनको मृत्यु भएको डा. राउतको भनाई छ । ‘कोरोनाको नाममा करोडौं रकम खर्च गरिरहेको सरकारले भनिरहेका छन्, तर खाना समेत नपाएर नागरिकको मृत्यु हुनु लज्जाको बिषय हो’ उनले भनेका छन् । डा. राउतले यो निन्दनीय घटना भएको बताए ।

स्थानीय सरकारलाई आफ्नो नागरिक आएको जानकारी दिइएपनि यातायात नपठाउनु दुःखद भएको उनले बताए ।

मृत्यु भएकालाई उचित क्षतिपूर्ती उपलब्ध गराउन उनले माग गरे । ‘आगामी दिनमा यस्तो गल्ती नहोस्, त्यसका लागि सचेत हुँदै सीमा नाकामा टेन्ट लगाएर खानाको व्यवस्था र यातायातको व्यवस्था गर्नु जरुरी छ’ उनले भनेका छन् ।

भारतबाट आउने क्रममा धनुषाको शहीद नगरपालिका ९ का ३० वर्षीय बीरेन्द्र यादवको बुधबार जटही सीमामा भोककै कारण मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]