१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

फोहोर राजनीतिको शिकार भएँ, आखिरमा सत्यकै जित हुन्छ  : धनपती महतो

Logo
प्रकाशित बिहिबार, जेठ १५, २०७७

मनोज बनैता, सिरहा, १५ जेठ।  सिरहा गोलबजारका सुशिल हार्डवेयर संचालक धनपती महतोले आफू फोहोर राजनीतिको शिकार भएको गुनासो पोखेका छन । गोलबजार -४ मा हार्डवेयर पसलगर्दै आएका महतोले केही उच्छृङ्खल ब्यक्तिबाट आफू पीडित भएको बताएका छन ।

महतोले पत्रकार भेला गर्दै भने “चरम भ्रष्टाचारमा लिप्त गोलबजार न.पा का मेयरको बिरोध गरेकै कारणले म माथि राजनैतिक प्रहार भएको छ ।” उनले आफ्नो पसलमा गैरकानुनी तरिकाले छापा मारिएको भन्दै मेयर माथी आक्रोश पोखेका छन । महतोले आफू सदैव कालाबजारी र भ्रष्टाचारीको बिरोधि भएतापनी उल्टै आरोप लाग्नु दु:खद भएको बताए । जति जाल झेलगरे पनि आफ्नो जित हुने दावी समेत महतोको रहेको छ ।

मारुती सिमेन्ट ८ सय २० रुपैयामा बिक्री गरेको भ्याट बिल रहदा पनि जेठ ७ गते राति गुण्डाशैलीमा आफनो पसल सिल गरेको उनको आरोप रहेको छ । महतो ले भने ” जेठ ७ गते राती सिमेन्ट र रड बिक्री गरिरहेकै अवस्थामा गोलबजार नगरपालिका, उद्योग ब्यापार संघ, प्रहरी प्रशासन, जिल्ला उद्योग बाणिज्य संघको टोलीले मारुती सिमेन्ट ८ सय ३० मा बेचेको भन्दै पसल सिल गरे।”

यता सिल लगाएको सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज प्रसाद गुरागाँईले आवश्यक अनुसन्धान भईरहेको र कालो बजारी गरेको वा नगरेको ठहर भएपछी मात्र सफाई पाउने बताएका छन । साथै महतो  १ लाख धरौटीमा रिहा गरिएको जिल्ला अधिकारी ले जानकारी दिए ।

नेपाल कुशवाहा कल्याण समाज जिल्ला कार्यसमिति सिरहाले प्रेस बिज्ञप्ती जारी गर्दै भनेका छन कि “कुशवाहा अतिथि सदन गोलबजारको लागि कुनै प्रोजेक्टवाला मारुती सिमेन्ट खरिद गर्न समितिले कुनै पनि स्थानिय तह, जिल्ला प्रशासन कार्यालय सिरहा, मारुती सिमेन्ट लि. र सुशिल हार्डवेयर गोलबजारसंग सिफारिस तथा खरिद गरेको आरोप निराधार हो ।” साथै झुठो आरोप लगाउने उपर कडा कार्यवाहीको माँग समेत प्रेस बिज्ञप्ती मार्फत गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]