०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

मिथिला वाईल्ड लाइफ ट्रष्टद्वारा पर्साका गरिब बिपन्नलाई राहत

Logo
प्रकाशित बिहिबार, जेठ १५, २०७७

रंजित चौरसिया
वीरगंज, १५ जेठ ।पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका वडा नं. ४ का गरिब तथा अतिबिपन्न घरपरिवारलाई मिथिला वाईल्ड लाइफ ट्रष्ट धनुषाधामद्वारा राहत वितरण गरेको छ ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट बच्नका लागि नेपाल सरकारले लकडाउन गरेको छ ।

लकडाउनमा दैनिक मजदुरी गरी खाने गरिब, अतिबिपन्न परिवार पूर्ण रुपले नराम्ररी प्रभावित भएको अवस्थामा मिथिला वाईल्ड लाइफ ट्रष्टले सामाजिक दुरी कायम गर्दै राहत वितरण गरेको छ ।

दलित अधिकारकर्मी मनोज राम ले पकाहाँ मैनपुर गाउँपालिका को वडा नं ४ मुसहर बस्तीको बारेमा मिथिला वाईल्ड लाइफ ट्रष्ट लाई जनकारी गराएपछि राहत वितरण गरिएको छ।

वडा नं. ४ का वडा अध्यक्ष ढेडी प्रसाद यादवको विशेष उपस्थितिमा खेस्राहा टोलका मुसहर बस्ती, वडाको विभिन्न टोलका गरिब तथा अतिबिपन्न ८५ घरपरिवारलाई बिहिवार राहत वितरण सम्पन्न भएको छ ।

भोजपुरी टाइम्स दैनिक पत्रिका तथा नेपाल युवा परिषद् पर्साको सहकार्यमा वितरण भएको राहतमा चामल, दाल, आलु, प्याज, खाने तेल, नुन, स्वाबिन, नुहाउने साबुन, हरियो तरकारीको प्याकेट प्रति परिवारालई वितरण गरिएको ट्रष्ट पर्सा प्रतिनिधि श्रवण प्रसाद साहले बताए ।

राहत सामग्री पाउँदा मुसहर बस्तीका स्थानियहरुको मुहारमा खुसी देखिएको छ ।हुन त पहिला पनि वडा कार्यालय तथा प्रदेश सरकारबाट राहत वितरण गरेकै हो तर त्यतिले कति दिनसम्म घर खर्च टार्न सकिन्छ भन्दै स्थानिय श्यामबाबु रामले भने यस संस्थाले राहत वितरण गरेकोमा धन्यबाद दिदै अझ केही दिनसम्म आफुहरुलाई खान पुग्ने भयो भन्दै खुसी व्यक्त गरे ।

राहत वितरण कार्यक्रममा भोजपुरी टाइम्स दैनिक पत्रिकाका प्रकाशक अजय कुमार चौरसिया, मिथिला वाइल्ड लाइफ ट्रष्ट बारा का प्रतिनिधि राजेश प्रसाद कुशवाहा, नेपाल युवा परिषद् पर्सा का सचिव मुकेश कुमार चौरसिया, संचारकर्मी बिन्दु भुषण साह, दिपक चौरसिया, रंजित चौरसिया लगायतको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]