न्यूजमधेश सम्बादाता
कैलाली ,१६ जेठ । कैलालीको त्रिनगर नाकाबाट बिहिबार ठूलो सङ्ख्यामा नेपालीको उद्धार गरिएको छ ।
स्थानीय प्रशासनको समन्वयमा भारतमा अलपत्र परेका चार हजार ७९६ जना नेपालीको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।
उद्धार गरिएका कसैको पनि कोरोना सङ्क्रमणको परीक्षण हुन नसकेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो ।