१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

फरार वडाध्यक्ष अदालत हाजिर, धरौटीमा रिहा

Logo
प्रकाशित शनिबार, जेठ १७, २०७७

न्यूजमधेश सम्बादाता
परासी ,१७ जेठ। लिखतसम्बन्धी कसुर(कीर्ते) गरेका अभियोगमा फरार रहेका नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम), पाल्हीनन्दन गाउँपालिका–५ का वडाध्यक्ष ओमप्रकाश गुप्ता धरौटीमा रिहा भएका छन् ।

गुप्ता फरार रहेको समाचार सार्वजनिक भएपछि उनी आफैँ अदालतमा हाजिर भएको नवलपरासी जिल्ला अदालतले जनाएको छ ।

अदालत हाजिर भएका वडाध्यक्ष गुप्तालाई जिल्ला न्यायाधीश हेमबहादुर सेनको इजलासले रु ६० हजार धरौटीमा छाड्ने आदेश दिएको अदालतका निमित्त स्रेस्तेदार तीर्थराज शर्माले जानकारी दिनुभयो । वडाध्यक्षसहित पाँच जनाविरुद्ध विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि दिने क्रममा कीर्ते गरेको अभियोगमा जिल्ला अदालतमा मुद्दा परेको थियो ।

सोही मुद्दामा तत्कालीन वडा सचिव गोविन्द कहार र कीर्ते कागज प्रयोग गर्ने रामग्राम–५ की रुक्शाना शेष पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् । विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि दिने क्रममा मूल प्रमाणपत्र र मूल अभिलेख रजिष्ट्ररमा उल्लिखित विवाह मितिलाई केरमेट गरी फरक मिति बनाएर प्रतिलिपि जारी गरेको भन्दै वडासचिव र वडाध्यक्षसहित पाँच जनाविरुद्ध जिल्ला अदालतमा लिखतसम्बन्धी कसूरको मुद्दा दायर भएको थियो ।

रामग्राम–५ का सुबेदार शेष र रुक्शानाको विवाह दर्तामा कायम भएको मितिलाई प्रतिलिपि दिँदा केरमेट गरी मिति फरक पारिएको थियो । रुक्शानाका पति सुबेदारले सरकारी छाप दस्तखत किर्ते गरिदिने कार्यमा संलग्न भनिएका वडाध्यक्ष गुप्ता, तत्कालीन वडा सचिव कहारसहित पाँच जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गर्नुभएको थियो ।

उक्त कार्यमा आफ्नै श्रीमती रुक्शाना, वडाध्यक्ष गुप्ता, वडा सचिव कहार, तत्कालीन वडा सचिव नन्दलाल कहार, कार्यालय सहयोगी अमरलाल कहार गरी पाँच जना संलग्न रहेको भनी विपक्षी बनाइएको थियो । प्रतिवादीमध्ये नन्दलाल पनि रु ६० हजार धरौटीमा रिहा भएका थिए । कार्यालय सहयोगी अमरलालको केही दिन अगाडि मृत्यु भएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]