०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

दाइजोमा अर्काे मोटरसाइकल नदिँदा श्रीमान र सासु गरे संगीतालाई हत्या

Logo
प्रकाशित आइतबार, जेठ १८, २०७७

न्यूजमधेश डेस्क 
जनकपुरधाम,१८ जेठ । महोत्तरीकी एक युवतीको उनकै श्रीमान् र सासू मिलेर हत्या गरेको माइती पक्षले आरोप लगाएका छन् ।

दुई बर्षअघि धनुषाको बटेश्वर गाउँपालिका २ निवासी अनिल कापरसँग विवाह गरिएकी संगीता कापरको हत्या गरिएको महोत्तरीको जलेश्वर नगरपालिका ९ निवासी उनका माइती पक्षले आरोप लगाएका छन् ।

पटक–पटक थप दाइजो माग्दै छोरी २० बर्षीया संगीतालाई कुटपिट गर्दै यातना दिदैं आएकोमा शुक्रबार राति झुण्डयाएर उनको हत्या गरेको संगीताका पिता रामअयोध कापरले बताएका छन् । ‘छोरीको मुखबाट रगत बगेको छ, एउटा दाँत भाँचेको छ र शरीरको बिभिन्न ठाउँमा कुटपिट गरेको देखिएको छ’ कापरले भने, “यसअघि पनि पटक–पटक आफ्नी छोरीलाई उनका श्रीमान् र सासूले कुटपिट गर्दै आएका थिए ।”

एक मोटरसाइकल, सुनसहित झण्डै १० लाख बराबरको दाइजो दिएर आफ्नी छोरी संगीताको विवाह गरेको उनले बताए । तर, दिइएको मोटरसाइकल संगीताकी सासूले आफ्ना भतिजालाई दिएर अर्काे मोटरसाइकल किन्न आफूलाई पटक–पटक दवाव दिएको उनले बताए । ‘अर्काे मोटरसाइकल ल्याउन भन्दै पटक–पटक छोरीलाई कुट्दै घर पठाइएको रहेछ’ उनले भने, “तर पछि कुरा मिलाएर पठाएपछि हत्या नै गरेका रहेछन् ।”

संगीताको माइती पक्षका अनुसार उनलाई कुटपिट गरी झुण्डयाएर हत्या गरेका रहेछन् । मृतकको शवलाई उनीहरु आफैंले पोष्टमार्टमका लागि अस्पताल ल्याएको बताउँदै उनका पिता रामअयोधले घट्नाबारे इलाका प्रहरी कार्यालय महेन्द्रनगरलाई जानकारी गराउँदा पनि कुनै चासो नलिएको बताएका छन् ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले संगीता झुण्डिएको पाइएपछि उपचारका लागि ल्याउने क्रममा गाउँकै क्लिनिकमा मृत्यु भएको खबर आफूलाई आएको बताए । उनले मृतकको पोष्टमार्टमको रिपोर्ट आएपछि यो घट्नाबारे अनुसन्धान थालिने बताए । ‘आफैं झुण्डिएको हो कि कसैले मारेको हो भन्ने रिपोर्ट आएपछि थप अनुसन्धान अगाडि बढाउँछौं’ उनले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]