१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

नैतिकहिन सरकारले आफ्नै चरित्र अनुसारको बजेट ल्यायो : महतो

Logo
प्रकाशित आइतबार, जेठ १८, २०७७

मनोज बनैता, सिरहा, १८ जेठ । जनता समाजवादीका शिर्ष नेता राजेन्द्र महतोले सरकारद्वारा जारी बजेटमाथी असन्तुष्टि जाहेर गरेको छ । नैतिकता गुमाएको सरकारले आफ्नै चरित्र अनुसारको बजेट ल्याएको भन्दै नेता महतोले संसदमा घोर बिरोध गरेका छन।

बजेटले सिमान्तकृत समुदायलाई झन पछिपारेको भन्दै लामो समय देखि यस्तै औपनिवेशिक मान्यताको बजेट आईरहेको नेता महतोको टिप्पणी रहेको छ । हरेक वर्ष मधेशी, जनजाती, थारु लगायतका समुदायलाई झन पछि पार्ने खालको बजेट आईरहेको उनको भनाई थियो ।

नेता महतोले कोरोना संक्रमणका बेला सरकार जनताको स्वास्थ्य प्रति संबेदनसिल नभएको आरोप लगाउदै जनता कोरोना भन्दापनी भोकले मरिरहेको अवस्था रहेको प्रष्ट पारेका छन ।
बजेट भाषणमा कोही भोकै रहदैन, कोही भोकै मर्दैन भनिएपनी  जनता भोकले मरिरहेको उनले बताए । सप्तरीको टोमलाल मुसहर, धादिङको सुर्यबहादुर तामाङ, धनुषाको वीरेन्द्र यादव भोकै मरेको भन्दै सरकारले नैतिकता गुमाएको भन्ने उनको आरोप रहेको थियो ।

नेता महतोले आन्तरिक बसाइँसराइ बारे बोल्दै भने कि ‘तराई-मधेश मरुभूमि बन्दै छ । ३० लाख मानिस प्रत्येक वर्ष पहाडबाट बसोबासको लागि मधेश झर्ने सिलसिला जारी छ जङ्गल फडानी ले ब्यापकता पाएको छ जुन आउने दिनमा भयावह रुप लिन सक्छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]