०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

सानो पाइलाद्वारा कोरोना सङ्क्रमितलाई निःशुल्क पौष्टिक खाना

Logo
प्रकाशित सोमबार, जेठ १९, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,१९ जेठ । कोरोना भाइरसबाट सङ्क्रमित बिरामी र क्वारेन्टिनमा बसेका व्यक्तिलाई जेठ १४ गतेदेखि शुरु गरिएको निःशुल्क पौष्टिक खाना खुवाउने कार्यक्रम जारी छ ।

प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशनमा भर्ना भएका बिरामी र क्वारेन्टिनमा बसेका व्यक्तिले पोषिलो खाना नपाएको गुनासो बढ्दै गएपछि गैरसरकारी सामुदायिक संस्था सानो पाइलाले जेठ १४ गतेदेखि पोषिलो खाना तथा खाजा खुवाउन शुरू गरेको हो । जनकपुरमा ३१ जना बिरामीलाई खाना तथा खाजा खुवाउने गरिएको छ ।

प्रदेश सरकारको आग्रहमा सानो पाइलाले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड र सरकारको कार्यविधिअनुसार धनुषामा पौष्टिक खाना खुवाउँदै आएको छ । “विविध कारणले गर्दा धनुषामा कोभिड–१९ का बिरामी र क्वारिन्टनमा बसेका व्यक्तिलाई पौष्टिक खाना खुवाउन समस्या भएकाले सानो पाइलाले यो अभियान अघि सारेको छ”, सानो पाइलाका क्षेत्रीय प्रमुख अधिवक्ता राहुलकुमार झाले भन्नुभयो, “यो अभियानलाई जनकपुरवासी र प्रदेश सरकारको साझा अभियानका रुपमा स्थापित गर्ने हाम्रो लक्ष्य छ ।” यसका लागि समुदाय र सरकार दुवैको सहयोग लिइने उहाँको भनाइ छ ।

यसअघि सानो पाइलाले समुदायको सहयोगमा पर्सामा उपचाररत कोभिड–१९ का बिरामीलाई जेठ ५ गते बाट नियमित चार समय पौष्टिक खाना उपलब्ध गराउँदै आएको छ । साप्ताहिकरुपमा समुदायको सहयोग र पौष्टिक खानामा भएको खर्च सार्वजनिक गर्दै आएको सानो पाइलाले हालसम्म सरकारी सहयोग नलिएको जनाएको छ ।

“सरकारी संयन्त्रलाई महामारीमा सघाउनु सबैको कर्तव्य हो”, सानो पाइलाका सभापति सुदीपकुमार लामाले भन्नुभयो, “हामीले समुदायको सहयोग समुदायसम्म पु¥याउन साँघुको काम गरिरहेका छौँ ।” उहाँले यस कार्यका लागि प्रदेश सरकारले आर्थिक सहयोग गर्ने बताए पनि अहिलेसम्म यस विषयमा संस्थाले ठोस निर्णय लिएको छैन भन्नुभयो । “यस्ता निर्णय संस्थाको गभर्निङ बोर्डले गर्ने हो”, सभापति लामाले भन्नुभयो, “प्रदेश सरकारको आग्रहमा हामीले धनुषामा शुरुवात गर्न लागेका हौँ । प्रदेश सरकारले हामीलाई आर्थिक सहयोग गर्ने निर्णयको विषयमा दुवै पक्षका प्राविधिक समूह आपसी छलफलमा छौँ । यसको औपचारिक शुरुवात भएसँगै त्यसका विषयमा पनि आवश्यक जानकारी गराउने छौँ ।”

बिहानको खाजामा अण्डा, रोटी, हरियो तरकारी, चिया, दूध, फलफूल तथा साँझको खाजामा फलफूल, निम्बु पानीको सर्बत, चिया, दूधको साप्ताहिक मेनु नै बनाइएको छ । दिउँसोको खानामा भात, दाल, मौसमी तरकारी तथा साग सलाद र रातिको खानामा दिनमा दिने गरिएको खानामा सप्ताहमा दुई दिन कुखुराको मासुसमेत दिने गरेको उहाँले बताउनुभयो । प्रतिदिन एकजनालाई चारपटक भोेजन गराउँदा दैनिक रु ३२७ खर्च हुने गरेको उहाँको भनाइ छ ।

राष्ट्र निर्माणका लागि समुदायको निर्माण भन्ने नारासहित सन् २००६ मा स्थापना भएको संस्थाले मुख्यरुपमा लागुऔषधमा संलग्न व्यक्तिलाई सुधारे असल काममा लगाउने काम गर्ने गरेको उहाँले बताउनुभयो । “दलदलमा फसेका त्यस्ता युवा जसका आमाबुवाले समेत नालायक भनेर तिरस्कार गरे, आज ती युवा नै फिडिङ अभियानसहित विभिन्न असल काममा लागेका छन्”, झाले भन्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]