०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

कमला नदीबाट “नदी चेतना यात्रा” सुरु

Logo
प्रकाशित सोमबार, जेठ १९, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१९ जेठ ।धनुषा जिल्लाको पूर्वी क्षेत्रमा सिरहा र धनुषाको सिमाना रुपमा रहेको कमला नदीबाट आजदेखि नदी चेतना यात्राको शुभारम्भ भएको छ ।

मिथिला भूमिमा गङ्गासरह अवतरित मानिने कमला नदीको रामघाटमा नदीको पूजा आराधना गरी चेतना यात्राको शुभारम्भ गरिएको हो ।

गङ्गा अवतरणका दिवसमा “पानी रे पानी” योजनाअन्तर्गत कमला संरक्षण अभियानका अभियन्ता विक्रम यादवसहित कमला बचाउ अभियानका अभियन्ताहरुद्वारा एक कार्यक्रमको विच विधिपुर्वक शुभारम्भ गरिएको छ ।
सो यात्रा अन्तर्राष्ट्रिय नदी दिवससम्म चल्नेछ । कमला संरक्षण अभियानी यादवका अनुसार सो यात्रा कमला नदीको उद्गमस्थल सिन्धुली जिल्लाको महाभारत चुरे श्रृङ्खलादेखि भारतको कमला र कोशी संगमसम्म चल्नेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]