१० कार्तिक २०८१, आइतबार
27-10-2024 , Sun
×

भारतिय कामदार दसगजा क्षेत्रमा अलपत्र, बिद्यार्थी नेताले गरे भोजनको ब्यवस्था

Logo
प्रकाशित सोमबार, जेठ १९, २०७७

मुकेश कुमार यादव
लहान, १९ जेठ । सिरहा बरियारपट्टी गाउँपालिका १ बरहरी र भारतको पिपराही बिचको दसगजा क्षेत्रमा केही कामदार अलपत्र परेको खबर छ । अलपत्र परेका कामदार भारतिय भएको र तिनीहरु इट्टटाभठ्ठा काम गर्ने सिलसिलामा नेपालमा रहदै आएको बुझिएको छ ।

स्रोतअनुसार अलपत्रमा परेकाहरु सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका टोल पर्सा स्थित जय हनुमान इटाभठ्ठा काम गर्दै आएका थिए । भट्ठा साहुले तिनीहरूलाई दसगजा मा छोडेर भागेको एक पीडित रोहितको आरोप रहेको छ । उता भट्ठा साहु संग सम्पर्क गर्दा उनीहरू आफै त्यहाँ पुगेको बताउँछन् ।

अलपत्रमा परेका भारतिय मजदुरलाई समाजवादी बिद्यार्थी युनियनका प्रदेश सदस्य उमेश कुमार साहको नेतृत्व र सहयोगमा भोजनको ब्यवस्था गरिएको छ । बिद्यार्थी नेता साहका अनुसार पीडित मजदुर भोकमरीको शिकार हुनु नपरोस भनेर खानाको ब्यवस्थापन गरिएको छ । भोलि मात्र ती पिडितहरुलाई गन्तव्य तिर पुर्याईने स्थानीयले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]