०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

प्रदेश सरकारले रोजगारी गुमाएकालाई गाउँमै काम दिने : मुख्यमंत्री राउत

Logo
प्रकाशित मंगलबार, जेठ २०, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२० जेठ। प्रदेश नं २ सरकारले कोभिड–१९ का कारण विदेशमा रोजगारी गुमाएका नागरिकलाई स्वदेशमै उचित अवसर दिने तयारी गरेको छ ।

श्रम रोजगार पत्रकार समूहले आज आयोजना गरेको भर्चुअल छलफलमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विदेशबाट फर्किएका नेपालीलाई प्रदेश सरकारले स–सम्मान आफ्नो गाउँघरमा राख्ने र सीप दिने वा सीप भएकालाई रोजगारी दिने योजना बनाउन लागिएको बताउनुभयो ।

उहाँले भारतसहित तेस्रो मुलुकबाट प्रदेश २ मा मात्रै करिब १० लाख नेपाली फर्कने अवस्था रहेकाले उनीहरुलाई स्वदेशमा नै कृषितर्फ आकर्षित गर्नेगरी कार्यक्रम ल्याउन लागिएको बताउनुभयो । रोजगारी गुमाएर स्वदेश फर्किनेलाई प्रदेश सरकारले उपलव्धिमूलक रोजगारीसँग जोड्नेसमेत उहाँले बताउनुभयो । “ उपलब्धिमूलक रोजगारमा उनीहरुलाई संलग्न गराउने छौँ”, उहाँले भन्नुभयो ।

प्रदेश २ सरकारले कृषि क्षेत्रमा युवालाई लगाउने तयारी गरिरहेको मुख्यमन्त्रीको भनाइ छ । “अब आउने युवा जनशक्तिलाई कृषि उत्पादनमा लगाएर उत्पादकत्व बढाउने गरी हामी काम गर्नेछौँ”, उहाँले भन्नुभयो । उहाँले प्रदेश नं २ बाट भारतमा पाँच लाख तथा खाडी र मलेसियालगायत मुलुकमा झण्डै आठ लाख युवा रोजगारीको सिलसिलामा रहेको जानकारी दिनुभयो ।

“कोही भारत, कोही अन्य देश जाँदा यहाँ सामान्य खेती भएका पनि काम गर्न छाडिसकेका छन्, अब विदेशबाट फर्किएपछि उत्पादन बढ्ने अवस्था हुन्छ”, मुख्यमन्त्री राउतले भन्नुभयो । यद्यपि प्रदेश २ मा मात्रै झण्डै १० लाख नागरिक फर्किने अवस्था रहेकाले तिनको व्यवस्थापन चुनौतीपूर्ण रहेको उहाँको भनाइ थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]