०५ बैशाख २०८२, शनिबार
19-04-2025 , Sat
×

मधेश सहिद चौक निर्माण गर्न जनमत पार्टीको माग

Logo
प्रकाशित बिहिबार, जेठ २२, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम, २२ जेठ । विगत ०६२ /०६३ सालमा भएको मधेश विद्रोहमा सहादत दिएको मधेशी सहिदहरुको पहिचानको रुपमा रहेको चौकलाई मर्मत सम्भालको नाउमा तोडफोर  गरेको प्रति जनमत पार्टीले खेदप्रकट गरेको  छ ।

बिहिबार मधेशी सहिद चौक निर्माण गर्न माग गर्दै नेपालगंज उपमहानगरपालिकाका मेयर डा धवल शमशेर राणालाई जनमत पार्टी बाँकेले ज्ञापनपत्र बुझाएको छ ।

जनमत पार्टीका केन्द्रिय सदस्य मो इरफान शेखले न्यूजमधेश संग कुरा गर्दै भने उक्त ठाउमा कुनै पनि चौक नरहेकोले सो चौकलाई मधेश सहिद चौक निर्माण गर्न जोरदार माग गरेको छ ।

नेता शेखले भने अहिले कोरोना भाइरस जोखिम बाट बचनको लागि सरकारले देशव्यापी रुपमा लकडाउन गरेको छ । तर लकडाउनको मौका छोपी उपमहानगरपालिकाले आफ्नो मनोमानी तरिकाले चौक बनाउने खर्यन्त्र गरेको आरोप समेत लगाएकाे छ ।

उनले सो चौकको नाम मधेश सहिद चौक नराखी अन्य कुनै चौकको नाम राखियो भने हाम्रो पार्टीकाई कदापि स्वकार्य हुदैन र हामि आन्दोलन गर्न बाध्य हुने छौ ।त्यहि भएर समयमै ख्याल गर्न उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।

जनमत पार्टीका नेता इरफान अहमद शेषको नेतृत्वमा ज्ञापनपत्र बुझाउन गएकाे टाेलीमा पार्टीका नेता जाबिर हल्वाइ,हरपाल सिंह सिख, रियाज अंसारी, मेराज अंसारी, शैलेन्द्र कर्ण, मुकिम अंसारी, अल्ताफ हुशेन राई लगायतका जिल्लाका प्रमुख नेताहरुको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]