११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

सखुवानन्कारकट्टी गा.पाले सुचना नदिएको भन्दै यादव पुगे अदालत सम्म

Logo
प्रकाशित शुक्रबार, जेठ २३, २०७७

सिरहा, २३ जेठ ।  सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका ले सुचना अधिकारबाट बन्चित गरेको भन्दै स्थानीय युवा बलराम यादव सुचना आयोग हुँदै अदालतको ढोका ढ्कढ्काएको छ । गा.पा मा भएका विभिन्न बिकासकामको योजना पारदर्शी  नभएको भन्दै गाउँपालिकाका एक युवाले बुधबार  पत्रकार सम्मेलन गरेको छ ।

आ.ब. २०७५ /०७६ र  २०७६ / ०७७ मा संचालित योजनाहरुमा गाउँपालिकाले कुनै किसिमको  पारदर्शीता नगरेको सो गाउँपालिका वडा नम्बर–  २ बस्ने बलराम यादबको आरोप रहेको छ । गाउँपालिका र पुर्वाधार विकास कार्यालय सिरहाबाट   २०७५ / ०७६ मा संचालित योजनाहरु ः   तिनकोनी चौकमा भएको सडक कालोपत्रेमा भएको खर्च , सुर्य नारायण यादबको पोखरी रिटेनीङ्ग वालमा भएको खर्च , तिनकोनी चौकमा बनाईएको  सार्बजनिक शौचालयमा भएको खर्च लगायतका कामहरुमा लागत एस्टिमेट  आज सम्म गाउँपालिकाले सार्बजनिकिकरण नगरेको उनको आरोप रहेको छ  ।
गाउँपालिकाले बिकास निर्माणको कुनै पनी काम गर्दा सार्बजनिक सुचना बोर्ड समेत नराख्ने गरेको भन्दै उपभोत्ता समिती र ठेकेदार मार्फत भएका  बिभिन्न योजनाको काम काजहरु गाउँपालिकाको मिलोमत्तोमा भईरहेको उनले बताए ।
उनले भने – मैले खर्च बिबरणको सुचना माग गर्न गाउँपालिका पुगेको थिए, तर मलाई गाउँपालिका अध्यक्ष लगायत प्रमुख प्रशासकीय अधिकृतले सुचना तँलाई किन दिने,  तँ सुचना माग्ने को होस ,तँ फुच्चेले के गर्न सक्छस भनेर गाउँपालिका अध्यक्ष केदार यादबले मलाई हप्काएर पठाई दिए । ’

सुचनाको हक सम्बन्धी नेपालको संबिधान २०७२ को भाग–  ३ को धारा २७  र मुलुकी देबानी कार्यबिधि संहिता अनुसार सुचना माग गर्न जाँदा पनी गाउँपालिकाले निबेदन दर्ता पनी नगरेको उनले बताए । उनले भने त्यसपछी मैले पुर्वाधार विकास कार्यालय सिरहा मा मिति २०७६ । ०७।०८ गते गते निबेदन दर्ता गराए ।  साथी उतिमलाल यादब र म  सुचना माग गर्न राष्ट्रिय सुचना आयोग बानेश्वर देखी , उच्च आदालत जनकपुर राजबिराज सम्म  पुगे  । आदालतबाट हामी सुचना पाउन मुद्दा पनी जितेको छु , गाउँपालिकामा आदालतबाट सुचना दिन आदेश आईसकेको छ , तर गाउँपालिकाले सुचना दिन हाल सम्म कुनै बास्ता नगरेको उनको आरोप रहेको छ ।’  गाउँपालिकामा भैरहेको भ्रष्टाचारी रोक्न म नेपाली नागरीकको हैसियतले सुचना मागेको थिए गाउँपालिकाले आदालत बाट भएको फैसलाको पनी बेबास्ता गरिरहेको पत्रकार सम्मेलनमा उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]