११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

म.स जोडीको समाजसेवा धेरै आँखाको कसिङ्गर बन्दै

Logo
प्रकाशित शुक्रबार, जेठ २३, २०७७

मनोज बनैता, लहान २३ जेठ । कोरोना (कोभिड– १९) महामारीको कारणले नेपालमा लकडाउनको करिब ३ महिना पुग्न लाग्दा पनि म.स जोडीले आफ्नो अभियानलाई पुर्णविराम दिएको छैन । लकडाउनको पहिलो साता देखि नै शुरूवात गरिएको खाद्यान्न बितरण महेश चौधरी र संगिता कर्माचार्यको जोडीले जारी राखेका छन ।

अमेरिका र अस्ट्रेलियामा बसेका आफ्ना छोरा छोराछोरीको आर्थिक सहयोगको भरमा शुरुगरेको यस अभियानमा हाल यी जोडीका निकटतम साथीहरूले पनि सहयोग गरिरहेको सुचना प्राप्त भएको छ । यी जोडी को काम देखि विभिन्न पार्टीका कतिपय नेताकार्यकर्ता असाध्यै प्रभावित बनेका छन भने कतिपय यी जोडी देखि राजनैतिक रुपमा तर्सिएको पनि अवस्था रहेको छ । असन्तुष्ट राजनैतिक खेलाडीहरुको लागि यिनीहरू अाँखाको कसिङ्गर बन्दै गएको केही बुद्धिजीवी बताउछन । उता जोडी द्वयलाई सोध्दा आफू राजनीति भन्दा पनि समाजसेवामा रुचि राख्ने बताउँछन् ।

चिया पसल देखि नगरका  टोल– टोल लगायत प्रदेश नम्बर – २ भरी यि जोडीको चर्चाले लाहानको स्थानीय नेताहरुबिच तरङ्ग पैदा गरेको छ । केहि स्थानीय नेताहरू त यीनको आलोचनामै दिन खर्चिरहेको अवस्था छ ।

बिपत्तीमा परेको मानबलाई  सेवा गर्नु नै धर्म हो भन्ने मुख्य उदेश्यका साथ यिनीहरुको दिनचर्या लक्षित बर्ग समुदायको चुल्हो बाल्नमा प्रतिदिन बित्ने गरेको उनका नजिकका मित्र  जय प्रकाश गुप्ताले बताए ।करिब २ सय ५० क्विन्टल चामल, नुन , तेल ,  सोयाबिन लगायतका खाध्यान्न सामग्री हाल सम्म बितरण गरिसकेको सामाजिक अभियन्ता महेश चौधरीले बताए ।

त्यसैगरी  मनकारी साथी भाईको सहयोगले सामाजिक काम गरिरहेको भन्दै बिपन्न परिबार अन्तर्गत  एकल महिला , असहाय , कुल्ली , मजदुर लगायतलाई राहत बितरण गरिरहेको उनका श्रीमती संगिता कर्माचार्यले बताईन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]