११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

बलानबिहुलमा स्वास्थ्य चौकी र वडा कार्यालय भवनको शिलान्यास 

Logo
प्रकाशित शुक्रबार, जेठ २३, २०७७

मनोज बनैता, सिरहा, २३ जेठ । सप्तरीको बलानबिहुल गाउँपालिका वडा नम्बर -२ मा बिहीवार स्वास्थ्य चौकी र वडा कार्यालय भवनको संयुक्त रुपमा सिल्यानास भएको छ । चन्ही चौक भन्दा करिब ६ सय मिटर दक्षिण रहेको डिहबार थान नजिक उक्त शिलान्यास कार्यक्रम सम्पन्न गरिएको हो ।

बलानबिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोईत र वडा २ का अध्यक्ष बिरेन्द्र गोईतको अगुवाईमा शिलान्यास गरिएको स्थानीय संचारकर्मी रासिन्द्र यादवले जानकारी दिएका छन । वडा २ चन्हीका रबिन्द्र गोईतद्वारा दान गरिएको २ कठ्ठा जग्गा त्यसैगरी भोगान्नद गोईत , अन्जुला देबी गोईत र दिनेश गोईत द्वारा दान गरिएको २ कठ्ठा गरि जम्मा ४ कठ्ठा जग्गामा उक्त भवनहरु निर्माण गरिने जानकारी गा.पा का स.ईन्जिनियर सन्तोष रजकले न्युज मधेशलाई जानकारी गराएका छ्न ।

प्राकृतिक रुपले श्रृङ्गारिएको उक्त ठाउँमा सामाजसेबी, बुद्धिजीवी, पत्रकार , वडा सदस्यहरु, लगायत स्थानीयवासीको रोहवरमा शिलान्यास गरिएको थियो । शिलान्यास कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष बिन्देश्वर यादव , बरिष्ठ समाजसेबी तथा पुर्व गाबिस अध्यक्ष अरुण कुमार गोईत सामाजसेबी नागेश्वर यादबको समेतको उपस्थिती रहेको थियो । शिल्यानास पुजा हिन्दुधर्मको बिधी बिधान अनुसार पण्डित अछ्मितलाल चौधरी ले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]