०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

रोकिएन नदीजन्य पदार्थको दोहन

Logo
प्रकाशित शुक्रबार, जेठ २३, २०७७

शङ्खर पहाडी
सर्लाही ,२३ जेठ। चुरेको शिरबाट बग्ने वाग्मती, लखन्देही, कालीञ्जोर र फुलजोर नदी ढुङ्गा, गिट्टी र बालुवाको खानी मानिन्छ । तर पछिल्लो समयमा ती नदीको ढुङ्गा रातारात सङ्कलन गरी आसार पसार हुन थालेपछि पातलिँदै गएको छ । हरेक वर्ष आलोपालो गरेर ठेक्का लाग्ने वाग्मती र फुलजोर खोलाबाट ढुङ्गा, गिट्टी, बालुवा जस्ता नदीजन्य पदार्थ निकासी हुँदै आएको छ ।

वन र स्थानीय प्रशासनले रोक्ने प्रयास गरे पनि सफल हुन सकेका छैनन् । अहिले त्यस क्षेत्रमा ती पदार्थको दोहन तथा उत्खन्नन जारी नै छ । पूर्वपश्चिम लोकमार्गबाट ५०० मिटरदेखि करिब छ÷सात किलोमिटर उत्तर चुरेक्षेत्रबाट ती पदार्थको दोहन हुने क्रम रोकिएको छैन । हरेक वर्ष असार–साउनमा बन्द भए पनि स्थानीय तहले ठेक्का लगाएपछि त्यसैको आडमा दोहन हुने गरेको बताइएको छ । दिनहुँ धेरै सङ्ख्यामा टिपर तथा ट्र्याक्टरले ढुङ्गा, गिट्टी, बालुवा ओसारेको स्थानीयवासी बताउँछन् ।

चुरे फेदीमै पुगेर नदीजन्य पर्दाथ लैजान थालेका स्थानीयवासीको भनाइ छ । नगरपालिकाको दिएको ठेक्का भनेर ठेकेदारले नदीजन्य पर्दाथ निकासी पैठारी गरिरहेका छन् । चुरेको फेदीबाटै केही समूहले ढुङ्गा ओसार्न थालेपछि वनले कडाइ गरेको थियो । वनले रोक्दारोक्दै पनि ठेक्काको नाममा जथाभावी नदी दोहन, चुरे क्षेत्र अतिक्रमण र त्यस क्षेत्रमा दोहन नरोकिएको स्थानीयवासीको भनाइ छ । यो क्रम पछिल्लो दुई वर्षयता तीव्र भएको छ । केहीले नदीजन्य पदार्थ सङ्कलन गरी बाटोमा राखेका छन् । वाग्मती, फुलजोर, कालीञ्जोर र लखनदेहीको ढुङ्गा, गिट्टी, बालुवा जिल्लाका विभिन्न स्थानीय निकायको भित्री बाटोको प्रयोग गर्दै छिमेकी देश भारतसम्म पनि पुग्ने गरेकोे पाइएको छ ।

सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको नाममा हरेक वर्ष रकम विनियोजन गर्ने गर्दछ । दुई दशकअघिसम्म चुरे पहाडबाट आउने नदीको पानी तराई मधेसमा उब्जनी बढाउने स्रोत मानिन्थ्यो । चुरेबाट बगेर आउने पागो माटोले यस क्षेत्रलाई उर्वर बनाउँथ्यो । पछिल्लो समय जताततै ढुङ्गा उत्खनन, नदीमा खाडल, नदी तथा चुरे दोहनले सो नदीमा अहिले पागो होइन, बालुवा र साना गिट्टी बग्छ । यसले तराई–मधेसमा हराभरा होइन, उब्जनी कम र उजाड बनाएको पाइएको छ ।

पानीको प्राकृतिक बहावमा हुने अवरोधलाई बाढीपहिरोको मूल कारक मानिन्छ । चुरे क्षेत्रका रूख, ढुङ्गा, गिट्टी, बालुवा जथभावी निकाल्ने गरिएका कारण बाढी पहिरोको समस्या बढेको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख एवं डिभिजन वन अधिकृत माधवप्रसाद देवले जानकारी दिनुभयो । चुरेबाट रूख बिरुवा, ढुङ्गा, ग्राभेललगायत नदीजन्य पदार्थ उत्खनन गर्दा सतह खुकुलो भएर वर्षाको पानीस“गै बालुवा तराई मधेसका खोलामा थुप्रिएर सतह उठ्दै जान्छ । वर्षामा आउने भेल सिधै बस्तीमा पस्ने सम्भावना बढेको उहाँले बताउनुभयो ।

मधेसमा बाढी र डुबानजस्ता समस्या समाधानका लागि खोलामा होइन, मूल चुरे क्षेत्रमै उपचार खोज्नुपर्ने प्रदेशसभा सदस्य बेची लुङ्गेलीले बताउनुभयो । स्थानीय तहले हचुवाका भरमा नदीजन्य वस्तुको ठेक्का लगाउँन नहुने उहाँको भनाइ छ । चुरेले नेपालको कूल क्षेत्रफलको १२.७८ प्रतिशत भूभाग ओगटेको डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ । मापदण्डविपरीत स्थानीय निकायले नदीजन्य वस्तुको निकासी पैठारीका लागि ठेक्का लगाउने नहुने स्थानीयकोे माग छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]