११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

संसदमा नश्लिय अभिव्यक्ति दिनु मण्डले राष्ट्रवादको पोषण गर्नु हो  : मातृका प्रसाद यादव

Logo
प्रकाशित शनिबार, जेठ २४, २०७७

मनोज बनैता, सिरहा, २४ जेठ । नेपालमा राष्ट्रवादको नाममा नश्लवादको खेती भईरहेको नेकपा नेता मातृका प्रसाद यादवले बताएका छन । शिर्ष बामपंथी नेता यादवले आफ्नो समाजिक संजालको पेजबाट संसदमा जसपा नेतृ माननीय सरिता गिरी प्रति उग्ररूपमा प्रस्तुत भएकी माननीय गंगा चौधरीलाई अंकित गर्दै एक अर्काको भाषिक र समाजिक अस्तित्व स्विकार गर्न सुझाव समेत दिएका छन ।

नेता यादवको अनुसार  विचारको विमति हुँदैमा जनप्रतिनिधिलाई संसदमै “भारतीय चेली”को संज्ञा दिएर नस्लीय अभिव्यक्ति दिनु मण्डले राष्ट्रवादको पोषण गर्नु हो । उनले भने कि “वैवाहिक भए पनि नेपालको नागरिकता प्राप्त गरेका व्यक्तिलाई अरू नागरिक सरह बोल्ने र विचार अभिव्यक्त गर्न सम्पूर्ण  अधिकार छ र नेपालको संविधानको मर्म नै त्यही हो ।”

नेता यादवले लेखेका छन कि “संकुचित राष्ट्रवादको समस्या विश्वभरि फैलिएको छ तर नेपाल जस्तो सानो मुलुकमा यस संकुचित राष्ट्रवादको नकारात्मक असर अझ गहिरो हुनेछ । नेपालको विविधतालाई नारामा मात्र सिमित गर्ने प्रयत्नलाई जडै देखि उखाल्न आवश्यक छ । यस्ता अभिव्यक्तिले समाजलाई  फुट तिर उन्मुख गर्ने सम्भावना बढी छ ।”

एक अर्काको भेष-भाषा र कला-संस्कृतिको सम्मान नगरी राष्ट्रीय एकता बलियो पार्न सकिन्न भन्ने नेता यादवले स्पष्ट पारे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]