१२ पुष २०८१, शनिबार
28-12-2024 , Sat
×

सिमामा सशस्त्र प्रहरी र स्थानीय बिच झडप

Logo
प्रकाशित सोमबार, जेठ २६, २०७७

अंगद यादव 
नवलपरासी पश्चिम ,२६ जेठ । नेपाल भारतको सिमामा स्थानिय र सशस्त्र प्रहरी बिच झडप हुँदा सशस्त्र प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । नलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं.५ संग जोडिएको बसहिया सिमानामा झडपमा ६ सशस्त्र प्रहरी र ४ स्थानिय घाइते भएका छन् ।

स्थानिय एक महिलाले भारतबाट मल ल्याउदै गर्दा उक्त सिमानाकामा खटिएका सशस्त्र प्रहरीले महिलालाई रोक्न खोज्दा लठ्ठी प्रहार गरेको महिलाले बताउछिन ।महिलालाई लठ्ठी प्रहार गर्दा स्थानियहरु आक्रोसित भई चेक पोष्टमा बसेका सशस्त्र प्रहरीमाथि सयौंको सख्यामा आक्रमण गर्दा सशस्त्र प्रहरी तर्फबाट ६ जना जवानहरु गम्भिर घाईते र स्थानिय करिब ४ जना घाईते भएका थिए ।

प्रतिरक्षाका लागि प्रहरीले चार राउण्ड हवाई फायर गरेको शसस्त्र प्रहरीका एसपी भरत खनियाले जानकारी दिए । घाइते सशस्त्र मध्ये तीनजनाको आँखामा गम्भिर चोट लागेको बताइएको छ ।

अन्यको निधारमा चोट लागेको छ । स्थानियले गुलेलीमा सिसा राखेर हानेकाले सशस्त्र प्रहरीको टाउको र आँखामा गम्भिर चोट लागेको हो । अहिले घाइतेहरुको पृथ्वी चन्द्र अस्पताल परासीमा उपचार भइरहेको छ ।

तनावग्रस्त बनेको सो ठाउँमा अहिले स्थिति भने सामान्य बनेको छ । बिवाद मिलाउन शसस्त्र प्रहरीका अधिकारी र प्रदेश सभा सांसद अजय शाहीले प्रतिबद्धता गरेपछि स्थानीयहरु तनावग्रस्त ठाउबाट आफ्नो घर फर्केका थिए ।

लकडाउनमा नेपालमा मल नपाउँदा र कोरोनाको कारणले सिमानाका बन्द हुदा भारतबाट खुल्ला रुपले मल ल्याउन नमिलेको यस्तो अवस्था उत्पन्न भएको स्थानीयले बताएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर साधारणतया बदली रही गण्डकी, कोशी, बागमती लुम्बिनी, मधेस, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया […]

हेटौँडा । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक यमबहादुर सुवेदी मृत अवस्थामा फेला परेका छन् । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका अङ्गरक्षकसमेत रहेको अन्दाजी ४५ वर्षीय सुवेदी झुण्डिएर मृत्यु भएको अवस्थामा फेला परेका हुन। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मङ्गलबार बिहान ६ः३० बजेको समयमा हेटौँडा उपमहानगरपालिका ११ स्थित वनदेवी मन्दिर नजिकै सालको रुखमा सुवेदी […]

न्यूमधेश डेस्क जनकपुरधाम,६ जेष्ठ ।रुपन्देहीको गैडहवा गाउँपालिका – ७ मा जनमत पार्टीका उम्मेदवार लाल बहादुर केवट विजयी भएको छ। अन्तिम मतपरिणाम अनुसार जनमत पार्टीका उम्मेदवार केवटले ७०१ मत प्राप्त गरि विजयी भएका हुन।उनी १३१ मतान्तर निर्वाचित भएको हो। उनको निकटतम प्रतिद्वन्दी नेपाल कम्युनिस्ट पार्टी ( एमाले )का उम्मेदवार ठग बहादुर कँवरले ५७० मत प्राप्त गरेर […]