११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

जनता समाजवादी पार्टी पुर्णता नपाउँदै फुटको संघारमा

Logo
प्रकाशित मंगलबार, जेठ २७, २०७७

मनोज बनैता
सिरहा, २७ जेठ । जनता समाजवादी पार्टी निर्माण नहुन्दै फुटको संघारमा हुने भएको छ। जनता समाजवादी का केही नेताहरुको व्यक्तिगत स्वार्थ पुर्ती गर्न जनता समाजवादीका केन्द्रिय समितीका सदस्यहरु जातिय र भौगौलिक रुपमा समावेस नगरिएको ले तिव्र असन्तुस्टी चुलिएको खबर प्राप्त भएको छ ।

आदिवासी जनजाती,दलित ,महिला र प्रदेस नम्बर २ का प्राय जसो नेताहरुलाइ र त्यसमा पनि केही जिल्लाका नेताहरुलाइ मात्र समावेस गरेको कारण राजपा लाई जिवितै राख्ने कसरतमा शिर्ष नेताहरुको छलफल तिव्र रुपमा चलिरहेको छ।

अहिलेका कार्यकारिणी समितिमा जनाधार नभएका केही नेताहरु आफ्ना आसेपासेलाइ मात्र समावेस गरिएको आरोप पनि लागेको छ। कथनी र करणिमा व्यापक अन्तर देखिएकोले जनतासमाजवादी केही सिमित नेताहरुको आफ्नो व्यक्तिगत स्वार्थ पुर्ती गर्न मात्र निर्माण भएको र यसले वैकल्पिक शक्तिको रुपमा नहुने दावी पनि गरेका छन।

गोप्य सुत्र अनुसार अहिले सम्म केही शिर्ष नेताहरुको हस्ताक्षर नभएको र सो बिना जनता समाजवादी मा जाने नेताहरु जाने र बाँकी रास्ट्रीय जनता पार्टी नै यथावत रहने भएको छ। शिर्ष नेताहरु बिच भएको सबै सहमती लाई लत्याइ भौगौलिक रुप मा लैङिक रुपमा र जातिय रुपमा समावेस् नगरेका कारण जिल्ला हरु मा तिव्र असन्तुष्टि बढेको र जिल्लाका नेता कार्यकर्ताहरुको व्यापक दवाबले शिर्ष नेताहरु राजपालाइ जिवितै राख्ने विकल्पमा छलफल चलिरहेको छ। विगत का समाजवादिका असन्तुष्ट र राजपाका असन्तुष्ट शिर्ष  नेताहरु बिच सो विकल्पमा छलफल चलिरहेको बताइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]