११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

धनगढीमाई नगरपालिकाले मनमानी गरेको भन्दै स्थानीयद्वारा बिरोध

Logo
प्रकाशित शुक्रबार, जेठ ३०, २०७७

 

बिरेन्द्र यादव (बिरु)
सिरहा, ३० जेठ । बिकास योजनाहरुमा पारदर्शिता नगरि मनमानी ढंगले काम भईरहेको भन्दै सिरहाको धनगढीमाई नगरपालिका – ५ का स्थानिय समाजसेवी तथा नेताकार्यकर्ताले पत्रकार सम्मेलन गरेका छन ।

आ.ब. २०७५/०७६ र ०७६/०७७ मा संचालित केहि योजनाहरुमा खर्च सार्वजनिक नगरी आफुखुसी काम सम्पन्न गरेको भन्दै स्थानिय राम उमेश यादब, जसपाका जिल्ला सदस्य एवं स्थानिय प्रदिप कुमार दनुवार लगायतले कडा बिरोध गरेका छन । समाजसेवी  उमेश यादवको अनुसार वडा ५ का वडा अध्यक्ष रामजतन कामत र वडा सदस्य महाबती मण्डलले सो वडाको  सार्बजनिक जग्गामा गैरकानुनी रुपले दलित दलान निर्माण गर्न लागेको हो । सडकको बिचमै निर्माण गरिएको उक्त भवनमा नगरपालिकाले २ लाख बजेट विनियोजन गरेको यादव बताउँछन् । उनले थपे ‘ गैरकानुनी रुपमा बन्दै गरेको उक्त भवनको काम अहिले हामीले रोकेका छौं ।’

त्यसैगरी वडा ५ मै  स्वास्थ्य चौकी निमाणका लागी ५ लाख रुपैया बजेट विनियोजन पश्चात् रातारात उपभोक्ता समिति निर्माण गरिएको यादवको भनाई छ । उनले सो कार्य को लागि वडा अध्यक्ष कामत र नगरपालिका ले मिलिजुली रकम कुमल्याउन लागेको आरोप लगाए । उनले लगत्तै नगरपालिकामा निवेदन दर्ता गराएपनी मेयर हरिनारायण चौधरीको तर्फबाट कुनै पहल नभएको गुनासो पोखे ।

पत्रकार सम्मेलनमा बोल्दै समाजसेवी यादवले भने कि वडा ५ मा माननिय सांसद सुरेशचन्द्र दासको संसदीय बिकास कोषबाट कृषि सडकका लागी १० लाख बजेट बिनियोजन भएको छ तर त्यसमा पनि समाजसङ्ग सल्लाहै नगरी काम गरिएको छ । संबिधानमा सुचनाको हक सम्बन्धी कानुनको ब्यबस्था रहेपनी आज सम्म हामीलाई कुनै किसिमको सुचना नगरपालिकाले नदिनु संकास्पद रहेको यादवको तर्क रहेको छ ।

उता, जसपाका नेता प्रदीप दनुवारले सर्बदलीय छलफलको आधारमा नगरपालिकाले कुनै पनि बिकासका गतिबिधिहरु समुदाय स्तरमा संचालन नगरेको आरोप लगाएका छन । बहुमतको आडमा धनगढीमाई नगरपालिका नगरप्रमुखले गतिबिधी गरिरहेको भन्दै दनुवारले आक्रोश पोखेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]