०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

सिरहाका एम्बुलेन्स चालकहरु प्रति सरोकारवालाको उदासीनता

Logo
प्रकाशित आइतबार, जेठ ३२, २०७७

मनोज बनैता
सिरहा, ३२ जेठ। विश्वभरी फैलिएको कोभीड १९ महामारी ले नेपालमा पनि उग्र रुप लिएको छ । यतिबेला स्वास्थकर्मी, सुरक्षाकर्मी, संचारकर्मी लगायत एम्बुलेन्स चालकहरुको पनि सराहनिय भुमिका रहेको छ । आ-आफ्ना घरबार छोडी दिनरात संक्रमीत ओसारपसार गर्ने एम्बुलेन्सका चालकहरुको समेत ज्यान जोखिममा छ ।

दिनै पिच्छे संक्रमित संग सम्पर्कमा आईराख्ने सिरहाका एम्बुलेन्सका चालकहरुको भने अवस्था बिजोग छ । स्वास्थ सुरक्षा सामग्री, बस्ने ब्यवस्था, गुणस्तरहिन खाना आदिको कारणले चालकहरूमा त्रास देखिएको हो । चालकहरुको सुरक्षा ब्यवस्थापन फितलो भएको भन्दै सगरमाथा एम्बुलेन्स चालक एसोसिएसन सिरहा ले सरोकारवाला समक्ष गुहार लगाएका छन ।

चालक संघ लाहानका सचिव दिलिप कुमार दासले स्थानिय निकाय लगायत सरोकारवालाको ध्यान केन्द्रित गर्न आईतवार ईलाका प्रशासन लाहानमा ज्ञापन पत्र बुझाउने भएको छ । दासले भने “हामी पटक पटक सम्बन्धित निकायलाई गुहार्दापनि आउदै छ, हुँदैछ, हुन्छ भने किसिमको ढुलमुले कुरा आयो । तसर्थ हामी ज्ञापन पत्र बुझाउन लागेका हौ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]