११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

सिरहाका एम्बुलेन्स चालकहरुद्वारा सरोकारवालालाई ज्ञापनपत्र

Logo
प्रकाशित सोमबार, आषाढ ०१, २०७७

मनोज बनैता
सिरहा, १ जेठ । सिरहाका एम्बुलेन्स चालकहरूले सरोकारवालालाई ज्ञापनपत्र बुझाएका छन । कोरोना भाईरसले फैलाएको महामारीको कारणले दिनरात खट्ने एम्बुलेन्स चालकहरू न्युनतम सुबिधा समेत नपाएपछि तनावमा छन । गाडीको लागि तेल, खाना लगायत बस्ने ब्यवस्थासमेत नहुदा चालकहरूमा असन्तुष्टि छाएको हो ।

विश्वभरी फैलिएको कोभीड १९ महामारी ले नेपालमा पनि उग्र रुप लिएको छ । यतिबेला स्वास्थकर्मी, सुरक्षाकर्मी, संचारकर्मी लगायत एम्बुलेन्स चालकहरुको पनि सराहनिय भुमिका रहेको छ । आ-आफ्ना घरबार छोडी दिनरात संक्रमीत ओसारपसार गर्ने एम्बुलेन्सका चालकहरुको समेत ज्यान जोखिममा छ ।

दिनै पिच्छे संक्रमित संग सम्पर्कमा आईराख्ने सिरहाका एम्बुलेन्सका चालकहरुको भने अवस्था बिजोग छ । स्वास्थ सुरक्षा सामग्री, बस्ने ब्यवस्था, गुणस्तरहिन खाना आदिको कारणले चालकहरूमा त्रास देखिएको हो ।  चालकहरुको सुरक्षा ब्यवस्थापन फितलो भएको भन्दै सगरमाथा एम्बुलेन्स चालक एसोसिएसन सिरहा ले चिन्ता व्यक्त गरेका छन ।

चालक संघ लाहानका सचिव दिलिप कुमार दासले स्थानिय निकाय लगायत सरोकारवालाको ध्यान केन्द्रित गर्न आईतवार ईलाका प्रशासन लाहानमा ज्ञापन पत्र बुझाएका छन । दासले भने “हामी पटक पटक सम्बन्धित निकायलाई गुहार्दापनि आउदै छ, हुँदैछ, हुन्छ भने किसिमको ढुलमुले कुरा आयो । तसर्थ हामी ज्ञापन पत्र बुझाएका हौं ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]