०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

सबैला घट्ना प्रकरण ः इनसपेक्टर, वडा अध्यक्षसहितकाबिरुद्व जाहेरी दर्ता

Logo
प्रकाशित सोमबार, आषाढ ०१, २०७७

न्यूजमधेश डेस्क
जनकपुराधाम ,१ असार। धनुषाको सबैलास्थित इलाका प्रहरी कार्यालयको थुनुवा कक्षभित्रै झुण्डिएको अवस्थामा मृत फेला परेका धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको घट्ना सम्बन्धी जाहेरी सरकारी वकीलको कार्यालयले दर्ता गरेको छ ।

इलाका प्रहरी कार्यालय सबैलाका प्रमुख प्रहरी निरीक्षक चन्द्रभूषण यादव, सबैला नगरपालिका वडा नम्बर २ का अध्यक्ष पारस साह, वडा नम्बर ३ का अध्यक्ष सन्तोष साह, वडा नम्बर ४ बस्ने राजकुमार यादव, वडा नम्बर २ बस्ने कारी यादव र संजय साह तथा वडा नम्बर ३ बस्ने काली प्रसाद साहबिरुद्व जाहेरी दर्ता गरिएको छ ।

यी व्यक्तिकै संलग्नतामा आफ्नो छोराको हत्या गरिएको मृतक शम्भु सदाकी आमा सियालीदेवीले जाहेरी दर्ता गराएकी हुने ।

यसअघि पटक–पटक जिल्ला प्रहरी कार्यालयमा जाँदा पनि प्रहरीले जाहेरी दर्ता गरेको थिएन् ।

जाहेरीमा प्रहरीको निगरानीमा रहेको व्यक्तिले आत्महत्या गर्न सक्ने अवस्था हुन नसक्ने भनिएको छ । प्रहरीको निगरानीमा रहने व्यक्तिले आत्महत्या गरेको भनिएपनि ती व्यक्तिको मिलोमतो र संलग्नतामा छोरा शम्भु सदाको हत्या गरी आत्महत्या गरेको देखाउन शौचालयमा लगि निजै छोराले लगाएको कपडा खोली झुण्डयाएको जाहेरीमा भनिएको छ ।

सबारी ज्यान मुद्दामा चालकको मृत्यु भएमा पीडित पक्षलाई क्षतिपूर्ती दिनुपर्देन भन्ने उद्देश्यका साथ प्रहरी निरीक्षक समेतको मिलोमतोमा आफ्नो छोराको हत्या गरिएको जिकिर जाहेरीमा गरिएको छ ।

जाहेरी दर्ता भएपछि मृतक शम्भु सदाको पोष्टमार्टम गरिदैंछ । उनको पोष्टमार्टम प्रादेशिक अस्पताल जनकपुरधाममा गर्न लागिएको म्ुसहर समुदायका अगुवा युवा पँचु सदाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]