११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

सडक जहाँ बिकास त्यहाँ, प्रदेशभरी पक्की सडक बन्ने : मन्त्री सोनल

Logo
प्रकाशित मंगलबार, आषाढ ०२, २०७७

मनोज बनैता
सिरहा, २असार ।  निर्वाचन क्षेत्र ५ किलोमीटर पक्की सडक निर्माण कार्यक्रम योजना ल्याए संगै प्रदेश न.२ का भौतिक पुर्वाधार बिकास मन्त्री मा.जितेन्द्र सोनल चर्चामा आएको छ।

समथर भुमि भएको मधेश बिकासको मामिलामा धेरै पछाडी परेको भन्दै मन्त्री सोनलले सडक बिकास भए सङ्गै यहाँको अवस्था फेरिने कुरामा बिश्वस्त छन । उनले भने ‘सर्वप्रथम मधेशको सम्पुर्ण गाउँलाई शहर संग जोडनु पर्छ, आवतजावत सहज हुने बित्तिकै बिकासको लहर आउँछ ।’

सडक बिस्तारले मधेशको जनजीवनमा सकारात्मक परिवर्तन हुनुका साथसाथै रोजगार, व्यापार, शिक्षा, स्वास्थलगायत क्षेत्रमा पनि टेवा पुग्ने दावी मन्त्री सोनलको रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]