११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

नगरपालिका प्रवक्ताको विवादास्पद पोस्टले समाजिक संजाल ततायो

Logo
प्रकाशित बुधबार, आषाढ ०३, २०७७

मनोज बनैता

सिरहा, ३ अषाढ । सिरहा जिल्लाका लाहान नगरपालिका प्रवक्ताले आफ्नो समाजिक सन्जाल फेसबुकमा पोस्ट गरेको बिबादास्पद बयानले सम्पुर्ण नगरपालिका माथी प्रश्न चिन्ह खडा गरेको छ । फेसबुक प्रयोगकर्ता ले समाजिक संजाल तताएको अवस्था रहेको छ ।

दुई दिन अगाडि लाहान नगरपालिका का प्रवक्ता राज कुमार साहले पोस्ट गरेका थिए कि ‘ समानुपातिक सान्सद सरिता गिरीलाई सान्सद पदबाट निलम्बन गरिएकोमा लाहान नगरपालिका खुशी ब्यक्त गर्दछ ” जुन अहिले नगरभरी चर्चाको बिषय बनेको छ । प्रवक्ता साह ले ब्यक्तिगत रुपमा नलेखी उक्त पोस्टमा आफ्नो दर्जा समेत लेखेको हुनाले स्थानियले नगरपालिका माथी शंका गर्नु स्वभाविक हो एक जना स्थानिय बिरेन्द्र साहले भने ।

प्रवक्ता साहले पोस्ट गरेकै भोलिपल्ट नगरपालिकामा बुझ्दा त्यहाँका स्रोतले त्यस्तो कुनै खुसियाली नमनाएको दावी गरे । संजालमा साहको व्यापक आलोचना पश्चात् उनले फेसबुकबाट आफ्नो दर्जा हटाई केही शब्द परिवर्तन गरे । उनले लेखे ‘समानुपातिक सान्सद सरिता गिरीलाई सान्सद पदबाट निलम्बन र कार्यवाही गर्ने प्रक्रिया अघि बढेकोमा लाहानले खुशी ब्यक्त गर्दछ’

शब्द परिवर्तन पश्चातपनि प्रवक्ताको बिरोध कायम रहेको ले उनले आफ्नो बिबादास्पद पोस्ट हटाएको छ । एक जना फेसबुक प्रयोगकर्ताले भनेका छन “यो कस्तो राजनितिक संसकार हो ? लहान नगरपालिकाले कहिले निर्णय गरेकोछ ? सार्बजनिक हुनु पर्यो ? त्यसैगरी अधिकान्स युवाले प्रतिक्रिया दिएका छन कि नगरपालिका राजनैतिक अखाडा हैन भनेर प्रवक्ता लगायत सबैलेबुझ्नु पर्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]