११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

डिजिटल वडा बनाउने सपना पूरा हुँदैछ : नेता राकेश रोशन गुप्ता

Logo
प्रकाशित बिहिबार, आषाढ ०४, २०७७

मनोज बनैता
लाहान, ४ अषाढ । चुनावको बेला वडा ७ लाई डिजिटल वार्ड बनाउने सपना बाँडेका उक्त वडाका वडा अध्यक्ष राकेश रोशन गुप्ताले बिकास निर्माणकार्य पछि डिजिटल प्रविधि जडान गर्न तर्फ उन्मुख भएको छ । वार्डलाई वाईफाई जोन तथा सिसिटिभीको निगरानीमा राख्ने उदेश्य बोकेको अध्यक्ष गुप्ताले डिजिटलाईजेशन कार्य शुरु भईसकेको बताएका छन ।

तत्कालीन संघिय समाजवादी फोरमबाट निर्वाचित वडा अध्यक्ष गुप्ताले चोरी-पैठारी, सडक दुर्घटना लगायतका सुरक्षा ब्यवस्थालाई दुरुस्त राख्नका साथ साथै अत्याधुनिक  प्रविधिसम्म जन जनको पहुँच स्थापित गर्न सो कार्य थालेको जनाएका छन । उनले वाईफाई समेत सबैठाउँमा पुर्याईने दावी गरे ।

समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष समेत रहेका गुप्ता एक कुशल समालोचक तथा मधेशका चिन्तकका रुपमा समेत चिनिएका छन । कलिलो उमेर देखि नै मधेशवाद प्रति आकर्षित नेता गुप्ताले यो त केवल शुरूवात हो वार्डको लागि अझै धेरै गर्नुपर्ने बताएका छन । उनले डिजिटल वडा अभियान वार्डकै बजेटमा भईरहेको समेत जानकारी दिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]