११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

मजदुरलाई खाद्यान्न बाँडदै लाहानकी सिम्पीले मनाईन जन्मदिन

Logo
प्रकाशित बिहिबार, आषाढ ०४, २०७७

मनोज बनैता
लाहान, ४ अषाढ । कोरोना कहरले मारमा परेका मजदुर लगायतका विपन्न वर्गको लागि विभिन्न ठाउँबाट मनकारीहरु उठिरहेको अवस्था छ । जन्मदिन मनाउन लाखौं खर्चिने शहरीया समाजलाई कोरोनाको संकटले संबेदनसिल बनाएको छ । हाल कतिपय शहरीयाले जन्मदिन कक्टेल पार्टीमा लाखौं खर्चिनु भन्दापनी उक्त रकम समाज कल्याणकारी कार्यमा लगाईरहेको पाईएको छ ।

हालमै लाहान १ निवासी कैलास चौधरीले आफ्नो धर्मपत्नी सिम्पी चौधरीको जन्मदिन गरिब मजदुरलाई खाद्यान्न बितरण गरि मनाएको खबर प्राप्त भएको छ । सिम्पी ले भनिन ‘जन्मदिन जति रमाईलो समाज कार्य गर्दा हुन्छ त्यति वहियातको पार्टी गरेर हुदैन मैले यस पटक अनुभव गरें ।’

सिम्पीको श्रीमान कैलास चौधरीले कोरोना कहरको बेला दैनिक ज्यालादारी गरि खाने परिवारलाई केही मात्र अन्न प्रदान गर्न सकेकोमा आफुहरु धेरै सन्तुष्ट भएको बताए । चौधरी परिवार द्वारा २२ घरधुरीलाई लक्षित गर्दै प्रती परिवार १० केजी चामल, १ केजी दाल, १ पैकेट तेल, १ पैकेट नुन र आधा केजी सोयाबिन बाँडेका हुन । कैलासका जेठो दाई शंकर चौधरीले भने हामीले जति गर्न सक्यौं त्यति गर्यौ र पछि पनि समाजप्रतिको हाम्रो लगाव कायमै रहनेछ । उनले स्थानिय पालिकालाई समेत अझ संबेदनसिल हुन आग्रह गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]