११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

लाहानमा मेडिकल माफियाको बिगबिगी, लापरबाहीले प्रसुतीको मृत्यु

Logo
प्रकाशित शुक्रबार, आषाढ ०५, २०७७

मनोज बनैता
सिरहा, ५ असार । लाहान स्थित पोलिक्लिनिकमा डाक्टरको लापरबाहीले बिरामीको ज्यान जानु कुनै नौलो कुरा होईन । प्रत्येक ३ महिनामा यहाँका पोलिक्लिनिकहरु यस्तो घटनाले विवादमा आईरहेकै हो । फेरि आज शुक्रवार बिहान लहान स्थित लिला मदन पोलिक्लिनीकमा प्रसुती गराउन आएकी एक महिलाको ज्यान गएको छ । पैसा दोहन खेलको मास्टरमाईन्ड उक्त पोलिक्लिनिक का डाक्टरले पुनः अपरेशन गर्नुपर्ने भन्दै एक प्रसुतीको ज्यान लिएको पिडित परिवारको आरोप रहेको छ ।

सप्तरीको खडग नगरपालिका वडा नं. ३ बस्ने अन्दाजी बर्ष २३ की मौसम खातुनको २५ दिनअघि लिलामदनमै अपरेशन गरीएको पारिवारिक स्रोतले जनाएका छन । अपरेशनको दुई वटा टाँका चुडेपछी खातुनलाई पीडा भएको थियो । पेट दुखेपछी पुनः अस्पताल आउँदा ३० हजार रुपैयाँ लाग्ने र पुनः अपरेशन गर्नुपर्ने भन्दै अस्पतालले रकमको लोभमा अपरेशन गरेको परिवारजनको आरोप रहेको छ । दोस्रोपटक अपरेसनमा भएको लापरबाहीले खातुनको ज्यान गएको परिवारजन्को भनाई छ । खातुनको मृत्यु लगत्तै क्लीनिकका डाक्टर डा. दिलिप साह टाप ठोकेका थिए । अहिले उनी सम्पर्कमा नआएको पोलिक्लिनिक स्रोतले जनाए ।

घटना लगतै पोलिक्लिनिकका संचालक पीडित परिवारलाई मिलाउने कसरतमा लागेको एक गोप्य स्रोतले बताएका छन । अवस्था तनावग्रस्त भएपछि ईलाका प्रहरी कार्यालय लहानको टोली अस्पताल पुगेको थियो । अहिले अनुसन्धान भइरहेको ईप्रका लाहानका डिएसपी सरत थापाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]