११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

सिरहा लागू औषध कारोबारको हट्स्पट बन्दै, फेरि दुई पक्राउ

Logo
प्रकाशित शनिबार, आषाढ ०६, २०७७

मनोज बनैता
सिरहा, ५ असार । सिरहा जिल्ला लागू औषधको हटस्पट बन्न लागेको यहाँका स्थानियको गुनासो छ । हप्तै पिच्छे सिरहा प्रहरीले लागू औषध कारोबारीलाई समात्दा पनि तस्करी रोकिएको छैन । बिहीवार सिरहाको भगवानपुर गाउँपालिकाबाट ठूलो परिमाणमा लागू औषध सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय लहान र प्रदेश नं. २ प्रहरी कार्यालय जनकपुरबाट खटिएको संयुक्त गस्ती टोलीले भगवानपुर गाउँपालिका–३ स्थित अभ्यनगरमा चेक जाँच गर्ने क्रममा भारतबाट नेपाल आउँदै गरेको सोही वडाका २१ वर्षिय वलि यादव र भारत मधुबनी ललमनिया ग्राम पंञ्चयात बस्ने २० वर्षिय छोटु कुमार यादवलाई प्रहरीले पक्राउ गरेको जानकारी प्राप्त भएको छ ।

पक्राउ परेकाहरू बाट डाईलेक्स डिसी १०० डिसीको ७० बोतल, नर्फिन ३० एम्पुल, फेनारगन ३० एम्पुल, डाइजील्याव ३० एम्पुललगायतका ड्रग्स बरामद भएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिईएका दुबै जनालाई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय लहानमा ल्याईएको स्रोतले खुलाए ।जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी तथा सूचना अधिकारी विनोद घिमिरे अनुसार थप अनुसन्धान जारी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]