११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

सिरहाको बरियारपट्टीमा गुणस्तरहीन काम रोक्न जाँदा ईन्जिनियरलाई धम्की

Logo
प्रकाशित शनिबार, आषाढ ०६, २०७७

मुकेश कुमार यादव
सिरहा, ५ असार । सिरहाको बरियारपट्टीमा गुणस्तरहिन काम हुँदैगर्दा उक्त काम रोक्न जाने ईन्जिनियरलाई धम्की दिईएको छ । बरियारपट्टी ३ नवटोलिमा विकास निर्माणका काम गुणस्तरहीन भएको जानकारी पाएपछि इन्जिनियर सुरेन्द्र यादवले रोक्न गएका थिए तर उपभोक्ता समितिको धम्की पछि उनी फर्किएको सुचना छ ।

नबटोलिमा पोखरीको घाट निर्माण काममा उपभोक्ता समितिद्वारा  काम भईरहेको ठाउँमा गुणस्तरहीन  बालुवा र ढुङ्गा ( गिट्टी ) लगायत मापदण्डविपरीतको सिमेन्ट प्रयोग भईरहेको जानकारी प्राप्त भएपछि ईन्जिनियर रोक्न गएका थिए तर स्थानिय उपभोक्ताको दादागिरी ले गर्दा उक्त गुणस्तरहिन काम रोकिएको छैन ।

गुणस्तरहीन कार्य रोनक आएको इन्जिनियर यादवलाई उपभोक्ताा समितिले भने बिनियोजित गरेको बजेट बाट यो काम पुरा हुदैन र कार्य आदेश चाहिि प्रमुख प्रशासकीय अधिकृत वाट लिएको छु।

इन्जिनियर यादवले भने यस्तो गुणस्तरहीन कार्य गरेपछि कार्यको मुल्यांकन गर्न सकिदैन तर उपभोक्ता समितिले आफ्नै लगानीमा गर्ने उत्तर दिएपछि ईन्जिनियर यादवले गा.पा अध्यक्ष सन्तोष यादवलाई जानकारी गराएका छन ।

अध्यक्षले भने ‘नेपाली जनता बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस कारण विकास निर्माण कार्य अस्तब्यस्त भएको बेला उपभोक्ता समितिको मनोमानी नचल्ने आश्वासन दिएका छन साथै अगामी आर्थिक वर्षमा ५ लाख भन्दा बढीको काम टेन्डर प्रक्रियाबाट गरिने प्रतिबद्धता जाहेर गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]