०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

नेपाली झण्डा जलाउने व्यक्तिको पुत्ला दहन

Logo
प्रकाशित शनिबार, आषाढ ०६, २०७७

न्यूजमधेश डेस्क
राजविराज ,६ असार । भारतमा नेपाली झण्डा जलाउने व्यक्तिको सप्तरी सदरमुकाम राजविराजमा पुत्ला जलाइएको छ । नेपाली झण्डा जलाउने भारतीय ओबिसी पार्टीको झण्डा समेत युवाहरुले जलाएका छन् ।

नेपाली झण्डा जलाएको आक्रोशमा युवाहरुले झण्डा जलाउने सलीम अन्सारी र इसरार अहमदको पुत्ला जलाएका हुन् । युवाहरुले यी दुबैको पार्टी ओबिसीको झण्डा पनि जलाएका छन् ।

राजविराजको जनआन्दोलन चोकमा भेला भएका युवाले अन्सारी र अहमदको पुत्ला जलाउँदै उक्त पार्टीको झण्डा जलाएका हुन् ।

नेपालको झण्डा बोकेका युवाहरुले नेपाल आमा जिन्दावाद, नेपालको झण्डा जलाउने मुर्दावाद भन्ने नारा लगाएका थिए ।

दुई देशको सीमा विवाद आफ्नो ठाउँमा भएपनि पुत्ला र पार्टीको झण्डा जलाउने कार्य राम्रो नभएकाले हामीले ती व्यक्तिको पुत्ला जलाएको युवाहरुले बताएका छन् ।

नेपाल नरसिंह हिन्दू सेना नेपालद्वारा पुत्ला जलाइएको हो । सेनाका राहुल राज साहले भने, “हाम्रो भावना हाम्रो देशको झण्डा हो । हाम्रो भावनामाथि कसैले खेलबाड नगरोस् ।”

हामी भारतको झण्डा जलाउँदैनौं तर, जुसले हाम्रो झण्डा जलाएका छन् हामी त्यसको झण्डा जलाउँछौं उनले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]