११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

लागूऔषधले अक्रान्त मधेश, सप्तरीमा किसानलाई ज्यानमार्ने प्रयास

Logo
प्रकाशित सोमबार, आषाढ ०८, २०७७

मनोज बनैता
सप्तरी, ८ असार ।  सप्तरीको सुरुङ्गा नगरपालिकामा एक युवक किसानलाई ज्यान मार्ने प्रयास भएको छ । सुरुङ्गा ४ स्थित कदमाहा बस्ने करिब २९ वर्षिय ओम मण्डललाई त्यहीँका ७ जना स्थानिय युवाहरुको समुहले ज्यानमार्ने प्रयास गरेको छ । कृषक मण्डललाई अपहरण शैलीमा गाउँबाट करिब एक किलोमीटर पर खेतमा लागि ज्यान मार्ने प्रयास गर्ने ती उदण्ड युवासमूह हाल फरार रहेको प्रहरी स्रोतको भनाई छ ।

पिडित परिवारको अनुसार मण्डललाई विहिबार राती ११बजे  त्यहि गाँउका २१ वर्षिय ऋषि देव सिंहले खुला चौरमा शौच गर्न बोलाएर लगेका थिए । घरबाट निस्केका ओम प्रकाशलाई बाटोमा आदित्य चौधरी, रञ्जित ठाकुर, प्रभु चौधरी, भगवानदेव चौधरी, मुकेश चौधरी, रमेश चौधरी लगायतका युवाहरू लागू औषध सेवन गरि एक्कासि आई मण्डलको मुख छोपी लगेका थिए । गाउँबाट करिब एक किलोमीटर दक्षिण -पश्चिमको दिशामा लागि मण्डललाई निर्मम रुपमा कुटेका थिए । सातै जना युवाहरूको कुटाई बाट अचेत अवस्थामा पुगेका मण्डल मरेको भन्दै ती युवा समूह त्यहीँबाट फरार भएका थिए । उता घाईते मण्डल केही घण्टा पश्चात् होसमा आई निवस्त्र घर पुगेका थिए ।

स्थानियले खबर पाए लगत्तै घाईते मण्डललाई सप्तऋषि  अस्पतालमा पुर्याएको थियो । स्वास्थमा खासै सुधार नआएपछी घाईते मण्डललाई बिराटनगरको न्युरो अस्पतालमा लगिएको थियो । उपचार गराई फर्केका मण्डल अझैसम्म आँखा खोलेका छैनन । यसरी मधेशमा दिन दिनै लागू औषध प्रयोग गर्ने युवाहरूको संख्या डरलाग्दो रुपमा बढ्दो छ जसले यस्ता घटनाहरुलाई निम्त्याएको छ ।

पीडित मण्डलका पिता लक्ष्मी मण्डलले फरार रहेका युवाहरु माथी कडा कार्यवाहीको लागि ईलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएका छन । प्रहरी निरीक्षक रामराजा केशरीले घटनाको छानबिन भईरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]