११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

नागरिकता विधेयक विरुद्ध सिरहामा जनमत पार्टीद्वारा व्यापक प्रदर्शन

Logo
प्रकाशित सोमबार, आषाढ ०८, २०७७

मनोज बनैता
सिरहा, ८असार । सिरहाको औरहीमा हालै आएको नागरिकता बिधेक खारिज गर्नुपर्ने भन्दै जनमत पार्टीले बिरोध प्रदर्शन गरेका छन । विरोधमा उत्रेका औरही गा.पा का युवाहरूद्वारा विधेयकको प्रतिलिपी समेत जलाईएको छ ।

समाजिक दुरीलाई ख्याल गर्दै जनमत पार्टीका युवाहरूले मार्च पास गर्दै कोणसभा गरेका थिए । ०६३/६४ को मधेशी आन्दोलन बाट प्राप्त उपलब्धिलाई कोरोना महामारीको मौका छोपेर दुइ तिहाईको नश्लवादी सरकारले मधेसीको अधिकार खोस्न लागेको भन्दै कडा रुपले बिरोध जनाएका छन।

राहत पाउन पनि नागरिकता माग्ने देशमा सात ७ बर्ष पछि नागरिकता दिए उक्त महिला बाट जन्मिएको बच्चा ले जन्मदर्ता चाँही कहिले पाउने , बिद्यालय भर्ना कहिले हुने , पासपोर्ट र भिजा कहिले पाउने भन्दै विद्यार्थी जनमत संघका केन्द्रिय सदस्य दिपेन्द्र यादबले प्रश्न गरे। बारम्बार मधेसी समुदाय प्रती बिभेद भैरहेको भन्दै सरकार नसच्चिए कडा रुपले आन्दोलन गर्ने भन्दै चेतावनी दिएका छन ।

कार्यक्रममा जनमत पार्टी गा. पा. प्रमुख पंकज सिंह , वार्ड न. १ अध्यक्ष देबेन्द्र यादब , विद्यार्थी जनमत संघका अध्यक्ष पोसन यादब , केन्द्रिय सदस्य दिपेन्द्र कुमार यादब लगायतले आआफ्नो धारणा राखेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]