११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

सप्तरीको बलानबिहुल गाउँपालिका भवन धमाधम बन्दै

Logo
प्रकाशित सोमबार, आषाढ ०८, २०७७

रासिन्द्र यादव
सप्तरी, ८ असार । दैनिक कार्य सञ्चालनका लागि आवश्यक मानिएको गाउँपालिका भवन निर्माणले गति पाएको छ ।स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएको दुई वर्ष पूरा भइसकेको छ तर, बलानबिहुल गाउँपालिका भने कार्यपालिका भवन अभावमै सेवा प्रवाह गरिरहेका छन् ।

चालू आर्थिक वर्षमा यस पालिकाले कार्यालय भवन निर्माणलाई प्राथमिकतामा राखेको छ । चालू आर्थिक वर्षमा भवन निर्माणका लागि ४० मिटर लम्बाई तथा ११ मिटर चौडाई भएको एलानी जग्गामा पालिकाले १ करोड २१ लाख बजेट विनियोजनसमेत गरेको बलानबिहुल गाउँपालिकाको अध्यक्ष दयानन्द गोईतले बताए । हाल सम्म गाउँपालिकाले भवनको अभावमा भाडा घर लिएर केहि सेवा प्रवाह गरिरहेका छन भने केही अस्थायी टहरा बनाएर कार्यालय सञ्चालन गरिरहेका छन् ।

भवन निर्माण कार्य विधिवत आवस्यक कानुनी प्रक्रिया पुर्याएर हुँदै गरेको भएता पनि यस पालिका बाहिरका केहि उछृङ्ग्खल तत्वले घुसपैठ गरि अनावश्यक रुपमा कर्मचारी र जनप्रतिनिधिको मनोबल कम गर्न समाजिक संजाल फेसबुकमा अनाप सनाप लेखेको प्रति अध्यक्ष गोईतले चिन्ता जाहेर गरेका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]