११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

भ्रष्टाचारी भन्दै प्रशासकीय प्रमुखलाई स्थानीयले कालोमोसो दले पछि ….

Logo
प्रकाशित मंगलबार, आषाढ ०९, २०७७

जनकपुरधाम, ९ असार। धनुषाको औरही गाउपालिका प्रमुख प्रशासकीय अधिकृतलाई कालोमोसो दले पछि त्यहाँको अवस्था तनावग्रस्त भएको छ । प्रशासकीय अधिकृत संन्तोष शर्माले भ्रष्टाचार गरेको भन्दै स्थानीयले कालोमोसो दलेको जानकारी प्राप्त भएको छ ।

काम गराउनको लागि कमिसन नदिएको निहुँमा बजेट फ्रीज गराउन खोजेको स्थानीयको आरोप रहेको छ । निर्माण कामका लागि उपभोक्ता समिति संग कमिसन बापत मोटो रकम माग्ने र  न दिदा रकम निकासा नगर्ने भन्ने स्थानीय जनसमुदायको व्यापक असन्तुष्टि रहेको छ ।

प्रदेश २ सांसद उमा शंकर अरगरियाद्वारा क्षेत्र २ मा मण्डल सेवा समिति निर्माणको लागि दिईएको ५० लाख बजेटमा अधिकृत शर्माले कमिशन मागेको आरोप छ । टेन्डर पार्ने ठेकेदारले कमिशन बापत ७५ हजार दिएको तर पछि शर्माले अझै २५ हजार दिनुपर्ने अडान कसेको एक स्थानीयले बताउँछन् । पछिको बाकी रकम नदिदा अधिकृत शर्माले उक्त टेन्डर रद्द गरेको हुँदा स्थानिय आक्रोसित भई उनलाई कालोमोसो दलेको खबर प्राप्त भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]