११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

नश्लिय नागरिकता विधेयक सच्याउनु पर्छ : युवा नेता मनोज साह

Logo
प्रकाशित मंगलबार, आषाढ ०९, २०७७

सिरहा, ९ असार । कम्युनिस्ट पार्टी को बिजारोपन अस्ट्रिया बाट  भएको हो र यो विदेशी अवधारणा, चाहना र सिद्धांत बोकेका कम्युनिस्ट पार्टी हाम्रो देशमा जबर्जस्ती लादिएको पार्टी हो ।  आफ्नै देशका जनताको जनजीवन ईक्षा र आवस्यकता लाई रास्ट्रले थेग्न सक्ने वा नसक्ने बारे चिन्तन-मनन नै नगरी निर्माण भएको नेपाल कम्युनिस्ट पार्टी हाम्रो नेपाली पार्टी हुनै सक्दैन  र यसले कदापी नेपाली जनताको भावना र अधिकारलाई पुर्णरुपले सम्बोधन गर्न सक्दैन बरु समय समयमा सर्कसको शैलिमा नेपाली जनतालाई नचाउछ ।

नश्लिय चिन्तन बोकेका वर्तमान सरकार एकातिर महिला अधिकारको कुरा गर्छन भने अर्कोतिर विदेशी महिला सग विहे गर्दा ७ वर्ष पछि नागरिकता दिने विधेयक ल्याउछन ।

बाहिरी देशको देखासिखी भन्दा स्वदेशकै भुमिबाट उब्जिएका जनवाद, समाजवाद, उन्नतशील समाजवाद लगायतका स्वदेशी  अवधारणा बोकेका पार्टीहरु मात्र हाम्रो रास्ट्र नेपालकोलागी उत्तम एव उत्तरदायी  हुन सक्ने मलाई लाग्छ ।  रास्ट्रियता देखाउनेहरुले आफै विदेशबाट आएर नेपालमा बंशजका नगरिकता बोक्ने, आफै विदेशी नीति नियम स्विकार्दै विदेशी नियम कानुन लादन लगाउने र बन्शज कै आधारमा नेपालको नक्सा समेत हेराफेरी गर्ने कहिले चुच्चो हटाउने फेरि थप्ने अनि मधेशिलाई धोती विहारी भनेर हेप्ने सबै खोक्रो रास्ट्रवाद हो ।

७ वर्षीय नागरिकता वाला प्रावधानले मधेसी समुदायलाई बढी  समस्यामा पार्ला तर यसबाट अछुतो कोईपनी रहने छैन । भारत संगको बेटी रोटीको सम्बन्धलाई कमजोर गर्नु भन्दा सधैंको लागी सम्बन्ध तोडनु नै उचित हुन्छ तर यहाँ राजनैतिक रोटी सेक्नेहरु नाटकिय पाराले राष्ट्रवाद को नारा घन्काई मधेसीमाथी दोषारोपण को खेलमा लागेका छन ।

तसर्थ, नागरिकता एवं अन्य निर्णयहरु नागरिकको चाहना बमोजिम कम्युनिस्ट सरकारले सच्याउनुपर्ने  देखिन्छ नकि अरु देशको फोटोकपि बनि देखावटी शानमा रमाउनुपर्छ। कम्युनिस्ट विदेशी पार्टी हुन नकि नेपाली पार्टी ।नेपालको भुमी बाट जन्मिएका पार्टीमा बढी रास्ट्रियता हुनु स्वभाविक हो। (यो लेखमा लेखकको ब्यक्तिगत विचारलाई हुबहु राखिएको छ)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]