११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

सुखीपुर नगरपालिकाको चौथो नगरसभा भब्यताको साथ सम्पन्न

Logo
प्रकाशित बिहिबार, आषाढ ११, २०७७

मनोज बनैता
सिरहा, ११ असार । सुखीपुर नगरपालिकाको चौथो नगर सभा भब्यताका साथ सम्पन्न भएको छ। नगरपालिकाका नगर प्रमुख राम औतार यादवको अध्यक्षतामा नगरपालिकाको आर्थिक वर्ष २०७७/७८ को बजेट, कार्यक्रम तथा योजनाहरुको बिबरण प्रस्तुत भएको छ ।

नगरपालिकाको नगरसभा द्वारा आगामी आर्थिक वर्ष २०७७/७८ का लागि अनुमानित ६४ करोड २२ लाख ६ हजार २ सय ८० रुपैयाँको बजेट पारित गरिएको जानकारी प्राप्त भएको छ ।

सोमबार सम्पन्न नगर सभामा वार्षिक नीति तथा कार्यक्रम सहित बजेट प्रस्तुत गरिएको थियो जसमा चालुतर्फ ११ करोड, १ लाख, ५० हजार र पूँजीगतमा ५३ करोड २० लाख ५६ हजार २ सय ८० विनियोजन गरिएको छ । नगरपालिकाको आन्तरिक आम्दानीबाट २ करोड ९० लाख रहेको छ ।

नगर प्रमुख राम औतार यादवले नगरवासिको चाहना र मागका आधारमा समृद्ध नगर बनाउने लक्ष्य सहित आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको बताए । शिक्षा, स्वास्थ्य, कृषी, उधोग, सबै क्षेत्र समानुपातिक विकासका लागि नीति तथा कार्यक्रममा समावेश गरिएको छ’ उहाँले भने,‘त्यसैका आधारमा बजेट विनियोजन गरिएको छ ।’ नगरको विकासका लागि दीर्घकालिन रणनीतिक योजना निर्माण गरी कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

विकासका योजनाहरु निजी, साझेदारी, सहकारी र गैर सरकारी संस्था र नागरिक समाजसित सहकार्य गरि सम्पन्न गर्ने नीति लिएको नगरपालिकाले जन सहभागिता अभिवृद्धि, स्थानीय स्रोत साधनको प्रयोग, पारदर्शिता र सार्वजनिक सुनुवाई सामाजिक परीक्षण कार्यलाई निरन्तरता दिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

नगरपालिकाको आन्तरिक राजश्व बढाउन आगमी वर्षदेखि कर प्रणालीलाई व्यवस्थित गरि लागू गर्दै कर संकलन अभियान सञ्चालन गर्ने भएको छ । करका दायरा फराकिलो र करका नयाँ क्षेत्र पहिचान गरी आन्तरिक राजश्व वृद्धि गर्ने नीति लिइएको छ । नगरलाई व्यवस्थित गरी नमूना नगरपालिका बनाउन विकास गर्न नीति र अभियान सञ्चालनलाई प्राथमिकता दिइएको छ ।

आगामी वर्षको नीति कार्यक्रममा सडक , विद्युत जडानगरी, घर घरमा सडक, खेत खेतमा विद्युत जडान गरेर किसानको अनुहारमा खुशी थप्दै नमुना नगर बनाउने कार्यक्रमलाई निरन्तरता दिइएको सुखीपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डाक्टर श्रवण कुमार साहले जानकारी गराउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]