११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

मेयर साहले अटेरी गरेको भन्दै काङ्ग्रेसद्वारा नगरसभा बहिष्कार

Logo
प्रकाशित बिहिबार, आषाढ ११, २०७७

मनोज बनैता
सिरहा, ११ असार । बहुमतको दम्भमा नगरसभा गर्न लागेको भन्दै नेपाली काङ्ग्रेस लाहानले कार्यक्रम बहिष्कार गरेका छन ।  लहान नगरपालिकाले आगामी आ.ब. को लागि गरेको छैटौ नगर सभा एकलौटी ढंगले भईरहेको भन्दै नेपाली कांग्रेसले असहमती जनाएका हुन ।

मनमौजी रुपमा कामकाज गरिरहेको भन्दै नेपाली काङ्ग्रेसका नगर सभापति नेता सुनिल महतोले मेयर साह को रवैया प्रति असन्तोष ब्यक्त गरेका छन । महतो ले भने “बिना नागरिक भेलाको वडा स्तरीय योजना छनौट हुनु, सामीप्यताको आधारमा वडामा बजेट बाँट्फाट हुनु” आदिले मेयर मुनी साहको नियत स्पष्ट देखिन्छ ।

त्यसैगरि वडा ६ का वडा अध्यक्ष अरुण केसी ले भने “नगरपालिकाले लक्षितवर्गको कार्यक्रम कमिसनको लोभले आफ्नै आसेपासे मार्फत गराएको छ जुन हाम्रो चासोको विषय बनेको छ ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]