११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

वडाध्यक्ष बाट एक निर्दोष महिला कुटिए, पीडित कार्यवाही को प्रतीक्षामा

Logo
प्रकाशित बिहिबार, आषाढ १८, २०७७

मनोज बनैता
लहान, १८ असार । सुखिपुर नगरपालिकाका वडाध्यक्ष रामलोभित यादवले एक महिलालाई निर्घात रुपमा कुटपिट गरेका छन । लाहान १३ मा घर बनाई बस्दै गरेका अध्यक्ष यादव लगायत उनका पारिवारिक सदस्यहरुले त्यहीँ बस्ने एक महिलाई कुटेका हुन ।

पीडित महिला ममता देवी यादवले स्थानीय ठाउँमा बसोबास गर्दैआएका अन्य धर्मजातको मानिससँग किन बोलेको भन्दै वडा अध्यक्ष यादवले पिटेका छन । कुटपिटबाट पीडित ममतादेवी यादवको कम्मरको हड्डी भाँचेको छ भने शरिरमा चोटपटक लागेर असक्त भएकि छिन । प्राप्त सुचना अनुसार पीडितको उपचार लहानमा सम्भव नभएपछि विराट नर्सिगँ होममा उपचार भइरहेको छ । उपचारको क्रममै पीडित  ममता आजभोली घर फर्किएकी छिन ।

पीडितपक्षले असार १० गते ईलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएपनि हालसम्म ममतादेवीले न्याय नपाएको उनको एक छिमेकी रामपरिक्षण यादवले बताए । उपचारमा एक लाखबढी खर्च भएपनि वडाध्यक्ष रामलोभित यादवले हालसम्म कुनै क्षतिपूर्ती भरेको छैन ।
उपचार तथा क्षतिपूर्तीको लागि लहान प्रहरीले दुवैपक्षलाई छलफलमा राखेको थियो । छलफलमा वडाध्यक्ष यादवले असार १६ गते उपचार तथा क्षतिपूर्ती वापत ९५ हजार दिने निर्णय भएपनि केहि नदिएको पीडितपक्षले जनाएको छ ।

पीडितले आफुलाई अभद्र व्यवहार गर्दै वडाध्यक्षसहित वडाध्यक्षका छोरी रेखा यादव, नविन यादव, दीपक यादव, रिता यादव, चुल्हाई यादवलगायतले कुटपिट गरेको हुनाले उनी प्रहरीमा उजुरी दिएकी छिन ।

उजुरीको सुनवाई नभएको भन्दै पीडितपक्षले आक्रोशित हुँदै कानुनी प्रक्रिया सक्रिय पारिदिन सरोकारवाला निकायसँग माग गरेको छ । ईलाका प्रहरी कार्यालय लहानमा डिएसपी शरद थापाले ‘घटनाको छलफल हुँदा पीडितलाई उपचार खर्च दिन भनिएको हो ।’ यसको लागि समयमा उपचार खर्च नपाएपछि कानुनी प्रक्रिया अगाडि बढाउँन पछि नहटने डिएसपी थापाले  बताए । कुटपिटको क्रममा पीडितको २ थान मोवाईल ३० हजारको समेत क्षति भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]