११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

लाहान ४ स्थित सुकुम्बासी टोल ईस्लामपुर र सुन्दरपुर बाढीको उच्च जोखिममा

Logo
प्रकाशित शुक्रबार, आषाढ १९, २०७७

मनोज बनैता
लाहान,१९ असार । सिरहाको लाहान ४ मा पर्ने सुकुम्बासी टोल ईस्लामपुर र सुन्दरपुर बाढीको उच्च जोखिममा छ । बलान नदिले ईस्लामपुर नजिकको बाँधलाई आधी कटान गरे पश्चात् उक्त दुई गाउँका स्थानीय त्रसित बन्न पुगेका छन । बलान नदिले आफ्नो वहावको दिशा परिवर्तन गरे संगै नजिकैको गाउँहरुमा त्रास सृजना भएको छ ।

ईस्लामपुर र सुन्दरपुर नजिकैको बाँध भत्किन लागेपछि स्थानीय गाउँवासीले सरोकारवालालाई गुहारेका छन । सुचना पाउने बित्तिकै लाहान ४ का वडा अध्यक्ष रामनाथ पण्डित शुक्रवार बिहानै कटान क्षेत्र अवलोकन गर्न गएको जानकारी प्राप्त भएको छ । अध्यक्ष पण्डितले ईलाका प्रहरी कार्यालय लाहान, जिल्ला प्रहरी कार्यालय सिरहा, ईलाका प्रशासन कार्यालय लाहान, जिल्ला प्रशासन कार्यालय सिरहा, लाहान नगरपालिका लगायतका सरोकारवाला निकायलाई जानकारी गराईसकेको उनको निकटतम स्रोतले बताएको छ ।

सुन्दरपुर र ईस्लामपुरको जम्मा ६२ घरपरिवारलाई डम्पिङ क्षेत्र नजिक बास ब्यवस्थापन गर्ने योजनाबारे छलफल भईरहेको सुचना प्राप्त भएको छ । स्थानीयले नगरपालिजका लाई तत्कालै ब्यवस्थापनको लागि अनुरोध गरेका छन । अध्यक्ष पण्डितले दिएको जानकारी अनुसार जिल्ला प्रशासन कार्यालयको टोलीले आज कटान क्षेत्रको अवलोकन गर्नेछ । अवलोकन पश्चात् स्थानीय जनप्रतिनिधि संग समन्वय गरि जोखिममा रहेका स्थानीयको उचित ब्यवस्थापन गर्ने छलफल समेत हुने भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]

जनकपुरधाम,१८ असोज। मधेश प्रदेशको सत्ता गठबन्धनले प्रदेशमा भएका राजनीतिक नियुक्तिको समीक्षा गर्न समिति गठन गरेका छन् । शुक्रबार बसेको प्रदेश सत्ता गठबन्धनको बैठकले प्रदेश सरकार मातहतमा रहेका संस्था, संयन्त्र र निकायमा राजनीतिक नियुक्ति प्राप्त गरेका पदाधिकारीहरूको सँख्या, नियुक्त पदाधिकारीका कार्यअवधि, कामकाजको प्रभावकारिता आदि विषयमा अध्ययन, विश्लेषण र मूल्यांकन गर्नेगरी एक समितिसमेत गठन गरेको छ । […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए । उनले जनकपुरधामको ५२ बिघा […]