०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

मधेशभर नागरिकता विधेयकको विरुद्धमा प्रधानमन्त्री ओलीको पुतला जलायो ( फोटो फिचर )

Logo
प्रकाशित शनिबार, आषाढ २०, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२० असार। डा सीके राउत नेतृत्वको जनमत पार्टीले नागरिकात विधेयकको विरुद्धमा प्रदेश २ का अस्थाय राजधानी जनाकपुरसहित मधेशभर शुक्रबार नागरिकता विधेयकको प्रतिलिती र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेको छ।

सरकारले ल्याएको नागरिकता विधेयक मधेसविरोधी भएको भन्दै शुक्रबार प्रधानमन्त्री ओलीको पुतला दहन गरिएको हो।पुतला जलाउन खोज्दा प्रहरीले रोक्ने प्रयास गरेको थियो। यद्यपि ठूलो संख्यामा रहेका जनमतका नेता तथा कार्यकर्ताले विधेयकको प्रतिलिपि र प्रधानमन्त्री ओलीको पुतला जलाउन सफल भएको थियो।

विधेयकमा नेपालीसँग विवाह गर्ने विदेशी महिलाले सात वर्षपछि अंगीकृत नागरिकता पाउने प्रावधान छ।

सो प्रावधान मधेसविरोधी रहेकाले स्वीकार गर्न नसक्ने भन्दै जनमत पार्टीले निरन्तर आन्दोलन आइरहेको पार्टी का धनुषा इन्चार्ज अनिता साहले बताएकी छिन ।

नागरिकता संशोधन विधेयक विरुद्ध जनमत पार्टीले मधेशका प्रत्यके जिल्लामा शुक्रबार विधेयकको प्रतिलिपि र प्रधानमन्त्रीको पुतला जलाएको पार्टीका केन्द्रीय सदस्य इन्द्रजित यादवले बताए ।

नेता यादवले भने अहिले आन्दोलनको टेलर मात्र चलिरहेको छ । यदि सरकारले विधेयक सचियएन भने देशमा ठुलो दुर्घटना हुन् सक्छ । त्यसैले नेपाल सरकारलाई विधेयक यथासिघ्र सचियाउन आग्रह समेत गरेका छन् ।

नागरिकता विधेयकको विरुद्धमा जनमत पार्टीद्वारा  विरोध प्रदर्शनसहित  प्रधानमन्त्री केपी ओली शर्माको पुतला जलाएको छ ।दृश्यहरु यस्तो छ ।

विरोध सभा सम्बोधन गर्दै सप्तरीमा जपाका केन्द्रीय सदस्य ई सुरेन्द्र यादव

सिरहाको मिर्चैयामा भएको विरोध प्रदर्शनपछी कोणसभालाई  सम्बोधन गर्दै जनमत पार्टी मिर्चैया नगरपालिकाको  नगर संयोजक पटबारी ठाकुर

सिरहाको औरही गाउपालिकामा जनमत पार्टीका युवा विद्यार्थी  नेताहरु प्रधानमन्त्री ओलीको पुतला जलाउदै !

रौतहटमा नागरिकता विधेयक विरुद्ध जनमत पार्टीको  शान्तिपुर्ण आन्दोलनमा प्रहरीले हस्तछेप गरेको छ !

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]