०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

कुर्थामा ११ बर्षीया बालिकाको बलात्कारपछि हत्या

Logo
प्रकाशित शनिबार, आषाढ २०, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,२० असार । जनकपुरधाममा एक जना बालिकाको बलात्कारपछि हत्या गरिएको छ । बुधबारदेखि हराइरहेकी जनकपुरधामकी एक बालिकाको शुक्रबार शव फेला परेको छ । उनको बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ कुर्था निवासी ११ बर्षीया बालिका कञ्चन पजियारको शव शुक्रबार मध्यान्ह फेला परेको प्रहरीले जनाएको छ ।

बुधबार भैंसी चराउन निस्किएकी बालिकाको शव घरदेखि झण्डै १ किलोमिटर दूरीमा रहेको दूधमति खोला छेउमा फेला परेको धनुषा प्रहरीले जनाएको छ । उनको बलात्कारपछि हत्या गरेको देखिएको स्थानीयले बताएका छन् ।

उनको शव अर्धनग्न अवस्थामा फेला परेको धनुषाका प्रहरी प्रबक्ता रामेश्वर कार्कीले जानकारी दिए ।

उनको बलात्कारपछि हत्या गरिएको हो, होइन भन्न सन्दर्भमा तत्कालै केहि भन्न नसकिने उनले बताए । ‘पोष्टमार्टमको रिपोर्ट आएपछि अन्य कुरा खुल्छ’ उनले भने ।

कार्कीले बालिका हराएको सूचना पाए लगत्तै बिहीबारदेखि नै प्रहरी खटिएको र शुक्रबार उनको शव फेला परेसँगै अन्य अनुसन्धानलाई तिब्र पारिएको बताए ।

बुधबार दिउँसो भैंसी चराउन गएकी बालिका सो दिन साँझसम्म नफर्किएपछि उनको खोजी तिब्र पारिएको थियो । बालिका भेटाउन नसकेपछि उनको परिवारले प्रहरीमा पनि खबर गरेका थिए । त्यसपछि प्रहरी पनि खोजीमा जुटेको थियो ।

बालिकाको बलात्कार पश्चात हत्या गरिएको पाइएपछि उनको परिवारमा रुवाबासी भएको छ । छिमेकीहरु समेत शोकमग्न भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]