०८ बैशाख २०८२, मंगलबार
22-04-2025 , Tue
×

नेकपा पार्टीभित्रको समस्या समाधान गर्न नयाँ एकता गर्नुपर्छ ः नेता पौडेल

Logo
प्रकाशित शनिबार, आषाढ २०, २०७७

न्यूजमधेश सम्बादाता
काठमाण्डौ,२० असार । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पछिल्लो समयमा पार्टीभित्र देखिएको समस्या समाधानका लागि नयाँ ढङ्गबाट अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

यहाँ आज आयोजित साक्षात्कारमा सांसदसमेत रहनुभएका पौडेलले अहिले देखिएको पार्टी भित्रको समस्या समाधानका लागि ‘नयाँ आधारमा नयाँ एकता’ हुनुपर्छ भन्नुभयो ।

उहाँले पार्टी भित्रका समस्या सुल्झाउनका निम्ति औपचारिक बैठकको निरन्तरताभन्दा पनि ‘साइड होमवर्क’हरु गरी बैठकलाई टुङ्गो लगाउन स्थायी कमिटी बैठक स्थगन गरिएको र अहिले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल र वरिष्ठ नेताहरु पनि गृहकार्यमा रहेको स्पष्ट पार्नुभयो । उहाँले नेकपालाई कुनै पनि हालतमा फुट्न नदिने प्रतिबद्धता जनाउँदै आफूहरुलाई फुट र विभाजन कुनै पनि हालतमा स्वीकार्य नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “फेरि पनि पदको निम्ति मात्रै छलफल गरेर जनताले छुट दिँदैनन्, कम्युनिष्ट पार्टी स्थापनाको यो ७० वर्षको इतिहासमा धेरै जना साथीहरुको योगदान छ । त्यो कुरालाई कसैले पनि नजरअन्दाज नगरौँ ।” पार्टीभित्र अहिले देखिएको समस्या हल गर्ने प्रमुख दायित्व र जिम्मेवारी प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको भएको उहाँको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]